10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हाम्रो औषधिको गुणस्तर डब्लुएचओको मापदण्डमा: प्रशंसा श्रेष्ठ

Nam Raj Bhatta by Nam Raj Bhatta
March 3, 2024
in Research & Study
Reading Time: 1 min read
A A
1
हाम्रो औषधिको गुणस्तर डब्लुएचओको मापदण्डमा: प्रशंसा श्रेष्ठ
596
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २० फागुन २०८०

नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ ।

एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसंग गरिएको कुराकानी ।

– नेपालका औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको गुणस्तर कस्तो छ ?

नेपालका औषधिका गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डको रहेको छ । विश्व स्वास्थ्य संगठनको जिएमपीको मापदण्डमा नै हामी नेपालका औषधि उद्योग रहेका छौ । गुणस्तरमा हामीले केही पनि कमि गरेको जस्तो लाग्दैन । अहिले औषधि व्यवस्था विभागले अनुमतिपत्र दिदा नै गुणस्तरलाई कडाई गरेको हुन्छ । जसले गर्दा नेपाली औषधिको गुणस्तरमा प्रश्न गर्न ठाउँ नै छैन ।

पहिले उद्योगहरुले गुणस्तरमा धेरै लगानी गर्दैनथ्यो भने अहिले नयाँ–नयाँ फर्मास्युटिकल कम्पनीले गुणस्तरमा ध्यान दिएको पाइन्छ । तिनीहरुले गुणस्तरमा पनि लगानी गरिरहेको छ । विश्वमा पोष्ट कोभिड–१९ मा धेरै मानिसहरु मरे । तर नेपालमा केही भएन । त्यसबाट पनि गुणस्तर नाप्न सकिन्छ ।

– विश्वको तुलनामा नेपालका औषधि कस्तो छ ?

विश्वको तुलनामा हामी अझै जान सकेका छैनौ । भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो । भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बलवुताले औषधि उत्पादन गरिरहेका छौ । हामीलाई कतै सहयोग छैन । तैपनी हामी औषधिको गुणस्तरमा कम्परमाइज गरेका छैनौ भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ । हामी अन्तर्राष्टिय स्तरमा पुग्न समय लाग्छ ।

– त्यसो भए हामी विश्व स्वास्थ्य संगठनका मापदण्डमा नेपाली औषधि पुगेको छ कि छैन ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचो)को मापदण्ड हाम्रा नेपाली औषधि उद्योगबाट उत्पादन हुने औषधि पुरा गरेको छन् । डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरिय औषधि उत्पादन गर्न लागिरहेका छन् । हामीले विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डमा भने हामी पुगेका छौ ।

औषधि गुणस्तर बनाउन के–के कुराहरुमा ध्यान दिनुपर्दछ ?

औषधिको गुणस्तर बनाउनका लागि कच्चा पदार्थदेखि प्रविधिसम्मका कुरालाई ध्यान दिनुपर्दछ । औषधि बनाउन प्रयोगात्मक, जिएमपीलाई कुन तहमा प्रयोग गरिरहेका छौ, त्यसमा पनि औषधिको गुणस्तर भर पर्दछ । कच्चा पदार्थमा विश्लेषण गर्दा प्राविधिकले कस्तो गरेको छ त्यो कुरा पनि हेर्न सकिन्छ । औषधिमा ०.५ ले पास फेल भन्न सकिन्छ । औषधि जस्तो संवेदनशिल कुरामा टेक्निकल मेनपावर पनि अनुभवि चाहिन्छ । भारत अहिलेको पनि विश्वको तुलनामा प्रविधि र रिसर्च पुगेको छैन । हामी भारत जस्तै हो । भारत भन्दा कम छैनौ । औषधिमा सचेतना आयो भने हामी अन्तराष्ट्रिय स्तरमा पुग्दछौ ।

– औषधि उद्योगमा राम्रो जनशक्ति पाउन कतिको सजिलो रहेको छ ?

अहिले औषधि उद्योगका लागि दक्ष जनशक्ति नै पाउन समस्या छ । मुख्य कुरा मानिसहरु कम्पनीमा एक बर्ष काम गर्छ अनि ऊ अर्को राम्रो ठाउँ पायो भने जान्छ । हामीसंग १२ कलेज औषधि विषय पठाउने रहेको छन् । अहिले फार्मेसी पढेर दक्षजनशक्ति रोजगारीका लागि बाहिरी मुलुक जाने ट्रेन बढी छ । त्यसैले दक्ष जनशक्ति छैनन । पढेर निस्केपछि उनीहरुमा प्रयोगात्मक अभ्यास केही हुँदैन ।
उनीहरु फर्मास्युटिकल्समा जागिर गर्न थालेपछि हामीले तालिम दिदै लैजान्छौ र दुई बर्षमा मेसिन हेण्डल गर्न सक्ने भएर ऊ प्रफेक्ट हुन्छ । जव ऊ एउटा राम्रो जनशक्तिको रुपमा विकास भइसकेपछि उसले जागिर छाड्ने गर्दछ ।

यो दुःखको कुरा हो । फेरि अर्को मानिस ल्याउनुपर्ने हुन्छ । दक्ष जनशक्ति नभएर हामीलाई समस्या भएको छ । मानिसलाई तालिम मात्र दिए जस्तो भइरहेको छ । देशको स्थितिले गर्दा फार्मेसीका दक्षजनशक्ति स्थिर छैनन् । उनीहरु राम्रो अवसर पाउन साथ बाहिर मुलुकमा रोजगारीका लागि जाने गर्दछन् ।

– औषधिको गुणस्तर बढाउने सरकारले के गर्नुपर्दछ? 

हामीलाई चाहिने औषधि एकदमै कम छ । भारतमा कुनै पनि चिज निर्यात गरेपछि आयात गर्न पाइदैन भन्ने कानून रहेको छ । नेपालमा पनि उत्पादन भएका औषधिहरु  बाहिरबाट खरिद नगर्ने हो र हामीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार औषधि उत्पादन गर्न भने हामी तयार रहेका छौ ।

अर्को बोर्डरमा औषधिका कच्चा पदार्थ त्यतिकै खोलिदिन्छन । औषधि एउटा निश्चित तापक्रममा खोल्नुपर्ने हुन्छ । पारवहनबाट औषधिका समान आउा कहिले फुटेर, कहिले प्वाल पारेर आएको हुन्छ ।

स्थानीय उद्योगलाई कतिको प्रवद्र्धन गर्न सकिन्छ सरकारले त्यसमा ध्यान दिनुपर्दछ । सरकार सकेसम्म नेपाली औषधि नै खरिद गर्नुपर्दछ । बरु औषधिको गुणस्तरमा कसोस् ? सरकारले यहि यस्तै चाहिन्छ भनेर भनोस हामी दिन्छौ ।

पारासिटामोल दुई सय रुपिया प्रतिकेजी पनि आउँछ । नौ सय रुपियाँ प्रतिकेजी पनि आउँछ । दुई सय रुपियाँको पारासिटामोलको गुणस्तर नौ सय रुयियासंग दाँज्न मिल्न सक्दैन ।

Tags: Corona Virus #Covid19Nepal pharma Expo 2024
SummarizeShare245ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.