10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
November 26, 2024
in Research & Study
Reading Time: 1 min read
A A
0
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ मंसिर २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको एभरेष्ट होटेलमा सुरु भएको फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४औँ शिखर सम्मेलनको उद्घाटन गर्दै अनुसन्धान कर्तालाई युवा लक्षित बनाउन आग्रह गरेका छन् ।

मन्त्री पौडेलका अनुसार स्वास्थ्य क्षेत्रको भविष्यका लागि सोचेर अनुसन्धान कार्य गर्न प्रोत्साहित गर्न चाहन्छु। हाम्रा कार्यले नयाँ पुस्तामा राम्रो प्रभाव परोस् । स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानले उत्तरदायित्व सहित धेरैको भलाई हुने मन्त्री पौडेलको भनाइ छ।

मन्त्री पौडेलले नेपालमा भएका अनुसन्धानले अन्तर्राष्ट्रिय मान्यता पाइरहेको र यसमा फरक्यापले पनि मान्यता दिएकाप्रति खुसी हुँदै कृतज्ञता व्यक्त गर्नुभयो। pramod joshi scaled 1

यस सम्मेलनले थप अनुसन्धानका लागि आत्मविश्वास दिएको मन्त्री पौडेलको भनाइ छ। उनले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको पनि बताए । ‘यस्तो सम्मेलन नेपालमा हुनु राम्रो हो। मन्त्री पौडेलले भने, ‘यस्तै सहकार्य हुँदै जाओस् । हामी त्यसका लागि सघाउन तयार छौँ।’

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धानकर्ता र सरकारबीच समन्वय हुनुपर्ने धारणा राखे। ‘समन्वयले अनुसन्धानको उपलब्धि र प्राप्त नतिजाले अझै राम्रो गर्न सकिने डा.पोखरलेले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अनुसन्धान ज्ञान प्राप्त गर्ने कार्य मात्रै नभएर मानव जीवनलाई गर्ने आदर पनि भएको बताए। अनुसन्धान सकारात्मक परिवर्तनका लागि हुनुपर्ने उनको भनाइ छ। यस खालका सम्मेलनले स्वास्थ्य अनुसन्धानको क्षेत्रमा केही न केही राम्रो गर्ने विश्वास डा. अधिकारीले व्यक्त गरे।

उत्तरदायी अनुसन्धानले समाजलाई फाइदा हुने डा. अधिकारीले बताए। अनुसन्धान गर्दा कसैप्रति पूर्वाग्रही हुन नहुने र सीमान्तकृत समुदायलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने अधिकारीको सुझाव छ। उनले फरक्यापले यस्ता अनुसन्धानमा जोड दिँदै जाने विश्वास व्यक्त गरे। ‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका हैसियतले मैले धेरै अनुसन्धानहरू निकै शक्तिशाली हुने देखेको छु’, अधिकारीले भने, ‘नैतिक भएर गरिएका अनुसन्धानले पक्कै समाज परिवर्तनमा टेवा पुग्नेछ।’

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले नैतिक अनुसन्धानमा लाग्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो।Dr. Pramod joshi 1 scaled 1

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य अनुसन्धान क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे। उनले ९ गतेबाट सुरु भै १२ गते सम्पन्न हुने सम्मेलन निकै फलदायी हुनेमा विश्वास व्यक्त गरे। ‘नेपालमा फरक्यापको सम्मेलन गर्न पाउँदा गौरव लागेको छु, उनले भने, ‘यो सम्मेलन सबै सरोकारवालाका लागि फलदायी हुनेमा विश्वस्त छु।’

अनुसन्धानका नतिजाका आधारमा नेपालमा थुप्रै स्वास्थ्य उपलब्धि भएको जनस्वास्थ्यविद् प्रा.डा. शदरराज वन्तले बताए। नेपालमा मातृशिशु मृत्युदर घटाउनमा पनि अनुसन्धानले भूमिका खेलेको उनको भनाइ छ। यसमा असमानता कायम रहेको र त्यस्तो असमानता न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए।

Tags: #Health and population ministryDr. Pramod Raj joshiNepal Health Research CouncilPradip Paudel
SummarizeShare234ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.