Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 25, 2025
in Research & Study
A A
0
गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ चैत २०८१

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुलाई नरोकी हार्ट अट्याकको BYPASS अपरेशन, OFF –Pump पद्दतिबाट गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

५० जना भन्दा बढीको यस प्रविधि र पद्धतिबाट सफल उपचार गरिसकेकोले हामीपनि सक्षम र स्थापित भएको महसुस गरेका छौ। – डा. विश्व पोखरेल

मुटुलाई नरोकिन गरिने हर्टट्याकको बाइपास सर्जरी शुरु भएको केही महिनामै ५० जना भन्दामाथिको सफल शल्यक्रिया भइसकेपछी चिकित्सकहरु उत्साहित र मनोबल बढेको बताउछन् ।

भारतमा ९५% भन्दा बढीको यसै पद्धतिबाट बाइपास सर्जरी हुने गरेको छ। यो पद्धतिबाट अप्रेसन गर्दा धेरै सस्तो पर्ने हुनाले भारत लगायत न्यून बिकसित देशहरूमा यश प्रविधिबाट सर्जरी गर्ने गरिन्छ। नेपालमा पुरानो भन्दा यो पद्धतिबाट गर्दा प्रत्यक बिरामीलाई रु.१ देखि डेढ लाख सम्म सस्तो हुने गर्द्छ।

अहिलेको नेपालको आर्थिक परिस्थितिलाई हेर्दा यो पद्धति आर्थिक हिसाबले पनि उपयुक्त देखिन्छ। संसारभरि नै यो पद्दतिबाट अप्रेसन गर्न कठिन काम मानिन्छ। अनुभबी चिकित्सकको सटिक सिलाईबाट मात्र राम्रो नतिजा दिन सकिन्छ।

यो पद्धतिबाट अप्रेसन गर्दा बिरामीलाई सहज अनि डिस्चार्ज पनि छिटो हुने हुँदा धेरै बिरामीले यो पद्धति द्वारा अप्रेसन गराउन इच्छुक देखिएका छन् । यो पद्धति पैसाको हिसाबले सस्तो, बिरामीलाई पनि सजिलो र अस्पतालको बसाइँ पनि कम हुने हुँदा हालै आएर धेरै बिरामीहरु आकर्षित भएको अस्पतालका वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताउनुभयो ।

केही समय अगाडि मात्र शुरु गरेको यो पद्धति द्वारा अप्रेसन गरिएका बिरामीहरुको तथ्यांक संकलन गर्ने कार्य भैरहेको छ। प्रारम्भिक तथ्यांक अनुसार ५४ जना मध्ये ३३ जना पुरुष र २१ महिला छ्न। उमेरको हिसाबले ४१ देखि ७९ वर्ष सम्मका रहेका छन् । यी मध्ये Left Main disease २६ जनामा, TVD जनामा ३५ जनामा, DVD जनामा १२ जनामा र SVD ७ जनामा रहेका थिए। २३ जना बिरामीको मुटु धेरै कमजोर थियो र ५ जनाको किड्नीमा समस्या थियो। यी बिरामीहरुलाई १ देखि ५ ओटा सम्म बाइपास ग्राप्ट हालिएको थियो। यस्तो खालको surgery मुख्य नली बन्द भएको (Left main disease) , धेरै कमजोर मुटु, किड्नी बिग्रिएको, नयाँ Heart attack, उमेर धेरै भएका जस्ता बिरामीलाई प्रत्यक्ष फाइदा हुन्छ।

कम खर्चकै कारणले बर्षेनी हजारौ नेपालीहरु यही सर्जरी गराउन भारत जाने गरेको तथ्यांक छ। अब यो अप्रेसनको लागि भारत गइराख्नु पर्दैन। अब यही नेपालमा पनि उत्तिकै राम्रो नतिजा र भारत भन्दा सस्तोमा सर्जरी गराउन सकिन्छ। साथै नेपाल सरकारले बिमाको सुबिधा दिएको छ, बिपन्न वर्गले रु १ लाखको सहुलियत पाउनु हुन्छ । आफ्नै देशमा, आफ्नै अस्पतालमा, घर नजिकै बसेर उपचार गराउन सकिने डा. पोखरेलले बताउनुभयो ।

Tags: Dr. Bishwo PokharelHeart AttackShahid Gangalal National Heart Center
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न

Next Post

मधेश प्रदेशमा मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

Related articles

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 
Research & Study

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

3 weeks ago
796
अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह
Research & Study

अनुसन्धानकर्तालाई युवा लक्षित बनाउन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

7 months ago
802
स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
Research & Study

स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिर ९ देखि १२ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

7 months ago
828
सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery
Research & Study

सुष्मा कोइराला अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारी प्लास्टिक सर्जरीमा अब्बल #PlasticSurgery

8 months ago
1.1k
नेपाल फार्मेसी काउन्सिलको भूमिका
Research & Study

नेपाल फार्मेसी काउन्सिलको भूमिका

9 months ago
886
rashtriya anusandhan
Research & Study

एनएचआरसी बेष्ट परफर्म अवार्ड बाट चन्द्रभुषण यादव सम्मानित

1 year ago
924
Next Post
मधेश प्रदेशमा मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

मधेश प्रदेशमा मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,084)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.