काठमाडौं,११ असोज २०७७
निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण शुल्क घटाएका छन् । प्रयोगशाला सञ्चालकहरुको बैठकले पीसीआर परीक्षण बापत् हाल ५ हजार ५०० लिइरहेकोमा घटाएर ३ हजार ८९९ मा गर्ने निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै सो शुल्क तय गरिएको र सो भन्दा कममा गर्न नसकिने प्रयोगशाला सञ्चालकहरुको भनाई छ ।

साथै यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग छलफल भइरहेको र छलफल सकारात्मक रहेको सञ्चालकहरुले जनाएका छन् । मन्त्रालयबाट ठोस निर्णय नआउन्जेल ३ हजार ८९९ मा पीसीआर परीक्षण गरिने उहाँहरुको भनाई छ ।