आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

दसैँमा सागसब्जी कम, माछा बढी खपत

Nam Raj Bhatta by Nam Raj Bhatta
October 27, 2023
in Nutrition
A A
0
दसैँमा सागसब्जी कम, माछा बढी खपत
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ९ कार्तिक २०८०

दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्ला ९ दिनको अन्तरालमा करिब ७६ प्रतिशतले तरकारी, फलफूल लगायतको खपत घटेको हो । दसैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण बाहिरिएकाले तरकारी, फलफूल, मसलाजन्य वस्तु लगायतको खपत कम भएको समितिले जनाएको छ । यो अवधिमा हरियो तरकारीभन्दा माछा–मासुको खपत बढी पाइएको छ ।

कार्तिक १ गते ४ लाख ३१ हजार ६ सय ४१ किलो तरकारी, फलफूल, मसलाजन्य वस्तु बजारमा आपूर्ति भएको थियो । नौ दिनको अन्तरालमा ३ लाख २९ हजार ९ सय ६८ किलोले घटेर १ लाख १ हजार ६ सय ७३ किलोमात्रै ती वस्तुको आपूर्ति भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

नौ दिनअघि ३ लाख ६५ हजार ९ सय ५४ किलो तरकारी कालीमाटीमा आपूर्ति भएकोमा बिहीबार ८३ हजार ८ सय ९८ किलोमात्रै आपूर्ति भएको छ । फलफूलको खपत पनि घटेको देखिएको छ । नौ दिन अघि ३७ हजार ९ सय ३९ किलो आपूर्ति भएको फलफूल बिहीबार कालीमाटी बजारमा १४ हजार ५ सय ६५ किलो भित्रिएको छ ।

नौ दिनअघि २५ हजार ७ सय ४८ किलो मसलाजन्य वस्तु आपूर्ति भएको थियो । बिहीबार ३ हजार २ सय किलोमात्रै ल्याइएको छ ।

माछाको खपत बढी

हरियो सागसब्जीको खपत घटे पनि माछाको खपत भने यो अवधिमा बढेको छ । कालीमाटी बजारले नौ दिन अघि ७ हजार १ सय ६० किलो माछा आपूर्ति गरेको थियो । तर बिहीबार ८ हजार ५ सय ५८ किलो माछा आपूर्ति गरेको तथ्याङ्कले देखाएको छ । उपत्यकामा नौ दिनमा १ लाख १ हजार ८ सय ७८ किलो माछा खपत भएको छ ।

कालीमाटीमा यो कार्तिकमा मात्रै हरियो तरकारी २८ लाख ५४ हजार ७ सय ८६ किलो आपूर्ति भएको छ । यस्तै, ३ लाख ३५ हजार ९ सय ८१ किलो फलफूल आपूर्ति भएको समितिले जनाएको छ । समितिका अनुसार १ लाख ९५ हजार ३ सय ४५ किलो मसलाजन्य वस्तु र ३ हजार ३ सय ५० किलो अन्य वस्तु आपूर्ति भएको छ।

Tags: Corona Virus #Covid19DashainSelgww
Nisarga hospital Dhangadhi
Previous Post

ह्याम्स हस्पिटलले आईपीओ जारी गर्ने #IPO

Next Post

मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

Related articles

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
Nutrition

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

6 months ago
924
तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने
News

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

12 months ago
785
जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ
Nutrition

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

2 years ago
821
स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गिरी
Nutrition

स्वास्थ्यमन्त्री पदम गिरी पदबाट ४२ दिनपछि बाहिरिए

2 years ago
778
Nepali Khana Thaali Set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

2 years ago
828
डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan
Nutrition

डा. चन्दन न्यौपानेको अध्यक्षतामा फेनक्यान चितवन शाखा गठन #Chitwan

2 years ago
782
Next Post
मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

मलेरिया नियन्त्रणका लागि प्रभावकारी सीमा सुरक्षा व्यवस्था जरुरी : मन्त्री बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.