धादिङ , ०२ माघ २०७७
गरौं योग डटेर कोभिड जान्छ हटेर” भन्ने मूल नाराका साथ छैठौं राष्ट्रिय योग दिवस कार्यक्रम विहिवार धादिङमा पनि मनाइएको छ । सो अवसरमा अन्तरकृया तथा योगाभ्यास गरिएको थियो ।
सो अवसरमा बोल्दै आयुर्वेद चिकित्सक डा.राम अर्यालले योगको महत्त्वको बारेमा आफ्ना बिचारहरु प्रस्तुत गर्नुभएको थियो।
निमित्त कार्यालय प्रमुख तथा योग प्रशिक्षक गोकुल पराजुलीले योग प्रशिक्षण तथा हाल फैलिएको कोभिड महामारीलाई लक्षित गरेर योग अभ्यास बाट कोरोनाको आक्रमण लाई न्यूनीकरण गर्न सक्ने र शरीरमा प्रतिरक्षा बृद्धि गर्न सक्ने खालका योग तथा प्राणायाम अभ्यासहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो।
उक्त कार्यक्रममा कार्यक्रमका सभापति तथा राष्ट्रिय योग दिवस मूल समारोह समिति धादिङका संयोजक प्रमुख जिल्ला अधिकारी पून्य बिक्रम पौडेलले सामुदायिक स्तरमा नियमित योग कार्यहरू अगाडि बढाउन सकियो भने स्वस्थ समाज निर्माणमा टेवा पुग्ने बताउनु भएको छ।