आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपालमा प्रत्येक एक लाखमा तीन हजार जना पक्षाघातबाट पीडित

Nam Raj Bhatta by Nam Raj Bhatta
October 31, 2023
in News
A A
0
नेपालमा प्रत्येक एक लाखमा तीन हजार जना पक्षाघातबाट पीडित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १४ कात्तिक, २०८०

नेपाल पक्षाघात संघका अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिष्ट डा. राजु पौडेलले प्रत्येक १ लाखमा ३ हजार माछे पक्षाघात बाट पीडित भएको बताए ।

विश्व पक्षाघात दिवसको सन्दर्भमा काठमाडौंको शान्तिवाटिका स्थित आयोजित एक कार्यक्रममा अध्यक्ष डा. पौडेलले धूमपान, मध्यपान, ब्लड प्रेसर कन्ट्रोल गरी सक्रिय जीवनशैली अपनाउन सके ९० प्रतिशतसम्म पक्षाघातको जोखिमलाई घटाउन सकिने बताउनुभयो। Dr. Raju paudel

नेपालमा करिब तीन प्रतिशत मानिसलाई पक्षाघात हुने गरेको पाइएको छ । अर्थात्, एक लाख मानिसमा ३ हजार मानिस पक्षघातबाट पीडित छन् । त्यस्तै विश्वमा करिब एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको छ । हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको डा. पौडेलको भनाई छ ।

धूमपान,मध्यपान नगर्ने, ब्लड प्रेसर कन्ट्रोलमा राख्ने तथा अव्यवस्थित खानपान र जिवनशैलीमा परिवर्तन गरेमात्र पनि ९० प्रतिशतसम्म पक्षाघातको जोखिमलाई घटाउन सकिने डा. पौडेल बताउँछन् ।

डा. पौडेल भन्छन्, ‘पक्षघातका विभिन्न कारक तत्त्वहरू छन् । विशेषगरी व्लडप्रेसर, मधुमेह, मध्यपान, धुमपान गर्ने, बदलीँदो अव्यवस्थित जीवनशैलीका कारणले मिश्रित रूपमा पक्षाघात हुने गरेको पाइएको छ । यी सबै कारक तत्वले ब्रेनमा रगत जम्मा गराउने र ब्रेनको नशा फुटेर पक्षाघात हुने गर्दछ । समयमै व्यवस्थित जीवनशैली अपनाउने र व्लडप्रेसर, मधुमेहलाई कन्ट्रोलमा राख्ने हो भनेपनि ८० देखि ९० प्रतिशत पक्षाघातको समस्या घटाउन सकिन्छ ।’

नेसनल न्युरो सेन्टरका न्युरोलोजिष्ट डा. लेखजंग थापाले ५० वर्ष भन्दा अगाडि पुरुषमा धेरै पक्षाघात हुने गरेको र ५० वर्षपछि भने महिला र पुरुषमा तुलनात्मक रूपमा हेर्दा झन्डै समान जस्तो पक्षाघात हुने गरेको उनले बताए । तर, उपचारको लागि अस्पताल पुग्ने सङ्ख्यामा भने पुरुषनै बढी भएको उनको धारणा छ । ‘हाम्रो समाजमा पक्षघातले महिलामा असर गर्दा उनीहरूमध्ये सबैलाई अस्पताल ल्याइँदैन । केटामा यही रोग लागे अस्पताल आउँछन् । उपचारको लागि अस्पताल आउनेको आँकडा हेर्ने हो भने केही फरक पाउन सक्छौ । वास्तवमा नेपालमा पक्षाघात हुनेमा केटा केटी दुवैको रेसियो बराबर जस्तो नै देखिन्छ,’ डा. थापाले भने ।

पक्षाघात एक जटिल रोग मानिन्छ । पक्षाघात मानिसको मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

पक्षाघातको समयमै उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । पक्षाघात भएपछि त्यसको २४ देखि ७२ घण्टाभित्रै बिरामीको अवस्था हेरेर उपचारसँगै थेरापी गराउनुपर्ने फिजियोथेरापिस्ट कन्सल्टेन्ट मतिना मानन्धर बताउँछिन् । उनले भनिन्, ‘पक्षाघात भएका बिरामीको ७२ घण्टाभित्र थेरापी सुरु गर्नुपर्ने हुन्छ । विरामी आइसीयुमै भर्ना भएको हो भने पनि बिरामीको अवस्था हेरेर आइसीयुबाटै फिजियो थेरापी गर्नु आवश्यक छ ।’World stroke day

‘हामी सबै मिलेर काम गर्‍यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपाल पक्षाघात संघको नेतृत्वमा विभिन्न अस्पतालका न्युरोलोजिस्ट, न्युरोसर्जन तथा यो क्षेत्रमा कार्य गर्दै आएको संघसंस्थाले स्वास्थ्य र पक्षाघात सम्बन्धि प्लेकार्डसहित ओकाथन गरेको छ ।

यस्तैगरी डाक्टस, प्यारामेडिक्स, फिजियोथेरापिष्ट, डाइटिसियन लगायतका विभिन्न सम्बद्ध पक्षसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । अचानक सन्तुलन गुम्नु, बोली लर्रबराउने, हातखुट्टा कमजोर हुने, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । यी लक्षणहरु देखिएको चार घण्टाभित्र अस्पताल पुग्न सके पक्षाघात हुनबाट बच्न सकिने डाक्टरहरुको भनाई छ ।

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ । यो संघको सन् २०१७ मा स्थापना भएको हो।

Tags: Corona Virus #Covid19Dr. Raju paudelNeuro InterventionWorld stroke day
Nisarga hospital Dhangadhi
Previous Post

राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा डा. पुस्प राज रिजाल

Next Post

अस्तब्यस्त जीवनमा स्वस्थ योग! #Yoga

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

18 hours ago
788
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

20 hours ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

1 day ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
797
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

3 days ago
850
Next Post
Yog for better health and life style Laxman Karki

अस्तब्यस्त जीवनमा स्वस्थ योग! #Yoga

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...