काठमाडौं, २६ फागुन २०७८
मार्क ईन्टर-नेशनल किड्नी सेन्टरले स्वस्थ मृगौला स्वस्थ जीवन अभियान भन्ने मुल नाराका साथ आफ्नो तेस्रो वार्षिकोत्सव तथा विश्व मृगौला दिवसको अवसरमा वाकाथन र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नागपोखरीबाट सुरु भएको वाकाथन नक्साल परिक्रमा गरेर पुनः नागपोखरी आएर समापन भएको थियो। वाकाथनमा २ सय भन्दा मानिसको सहभागिता रहेको थियो
५० जना भन्दा बढीले रक्तदान गरेकाे सेन्टरका अध्यक्ष एवं बरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा. अर्चन शमशेर राणाले बताउनुभयो।
रक्तदान कार्यक्रममा बोल्दै डा. राणाले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको थियो रक्तदानले कार्यदिशालाई योग ध्यानमा मात्र केन्द्रित नगरी सामाजिक गतिविधिका विभिन्न अभियानमा सवै संघ सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको र यस किसिमका हरेक गतिविधिम सधैव सहकार्य गर्दै आएको छ ।
विश्व मृगौला दिवस हरेक मार्च १० तारिकका दिन यो दिवस मनाइन्छ।