ललितपुर, २६ चैत २०७८
विश्व स्वास्थ्य दिवसको अवसरमा पारेर ललितपुरमा रगत रोग र रगत क्यान्सर सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम भएको छ।
ललितपुरको वडा नं २०, पिम्बाहलमा भएको जनचेतनामुलक कार्यक्रममा असृक डाइग्नोष्टिक ल्याबको सहयोगमा स्वयम् सेविका लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। रगत एवम् क्यान्सर रोग बिज्ञ डा. अजय झाले रगत रोग ढिलो नगरी सही पहिचान भएमा उपचार सहज एवं सजिलो हुने कुरामा प्रकाश पार्नुभएको थियो ।
असृक ल्याबका अर्का बिज्ञ डाक्टर डा. शंकर काफ्लेले असृक प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवामा जोड दिएर धनी-गरीब सबैले आफ्नो रोगको बारेमा सहज रुपमा पहिचान गराउन सक्ने बाताबरण बनाएको जानकारी दिनुभयो । उहाँले समाजमा जनचेतनाका कार्यक्रम गर्न आफ्नो सस्था अग्रसर रहेको र समाजिक सस्था, समुह, क्लब, स्कुल लगायत कसैले पनि यस्ता कार्यक्रम गर्न इच्छुक भएमा असृक ल्याबलाई सम्झन समेत आग्रह गर्नुभयो ।