काठमाडौं, ६ मंसिर २०८०
इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमको सहकार्यमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जलवायु परिबर्तन र र समग्र स्वास्थ्यमा असरबारे ३ दिने सम्मेलन शुरु भएको छ।
‘आईटीएम कोलोक्युम काठमाडौं’ नाम दिइएको जलवायु परिवर्तनको विश्वव्यापी परिदृश्यमा पर्ने रोगको बोझको सन्दर्भमा ज्ञान, विशेषज्ञता र दृष्टिकोणमाथी छलफल गर्न यो सम्मेलन आयोजना गरिएको हो।
त्यसैगरी सम्मेलनको उद्घाटनसत्रमा पर्यावरण र जनस्वास्थ्यको अनुसन्धानमा गरेको कामको प्रोत्साहन स्वरुप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमाललाई उत्कृष्ट वैज्ञानिक पुरस्कारद्वारा सम्मान गरिएको छ।
सम्मेलनमा जलवायु-प्रतिरोधी स्वास्थ्य प्रणालीबारे वैज्ञानिकहरूका बिभिन्न प्रस्तुती रहने छन्। सम्मेलनमा गोथे विश्वविद्यालय (जर्मनी)का बोडो अहरेन्स मेलबर्न विश्वविद्यालय (अष्ट्रेलिया)का क्याथ्रिन बोवेन, वाशिंगटन विश्वविद्यालय(अमेरिका)का, क्रिस्टी एल एबी, विस्कन्सिन-म्याडिसन विश्वविद्यालय (अमेरिका)का, जोनाथन प्याज, विश्व स्वास्थ्य सगठन सेरो नयाँ दिल्लीका, सुमन रिजाल, ओस्लो विश्वविद्यालय (नर्वे)का अर्न्स्ट क्रिस्टियन रोडल्याण्ड तथा मेरील्याण्ड विश्वविद्यालय (अमेरिका)का अमिर सापकोटा लगायतको बिभिन्न अनुसन्धानमा आधारीत प्रस्तुती रहने छ।
जलवायु परिवर्तन र पार्थीव(विश्वव्यापी) स्वास्थ्य, संक्रामक रोग र जलवायु परिवर्तन, जलवायु परिवर्तन र मानसिक स्वास्थ्य, नसर्ने रोग र जलवायु परिवर्तन विषायमा विभिन्न अनुसन्धानकर्ताहरुका अवधारणा तथा प्रस्तुती रहने छन्।
त्यसै जलवायु परिवर्तन, बाल स्वास्थ्य र यौन र प्रजनन स्वास्थ्य, जलवायु परिवर्तनको स्वास्थ्य जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी र राष्ट्रिय अवधारणा बारे समेत प्यानल सेसन हुने छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा उद्घाटन भएको यस कार्यक्रममा आईटीएमका निर्देशक प्राडा. लुट लिनेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, आईटीएमका प्राडा. रुथ मुलर तथा डा. जो बरी लगायतले आफनो धारणा राखेका थिए।
जलवायु परिवर्तनले विश्वव्यापी स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पारेको छ। नेपाल जस्ता निम्न र मध्यम आय भएका देशहरूमा यसको उत्पादन र वितरणमा समेत ठुलो असर गर्ने हुदा यस्ता प्रभावलाई कम गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताए।
कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्राडा. गेहनाथ बरालले गरेका थिए।