काठमाडौं चैत ,२१
काठमाडौंको टेकूस्थित रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) अहिलेसम्म ७२ दिनमा करिब १ हजार १ सय ८४ जनाको परीक्षण भएको छ। जसमध्ये ६ जनामा ‘पोजेटिभ’ देखिएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिइरहेको बेला भइरहेको यो प्रयोगशालामा परीक्षणबाट संक्रमणको वास्तविकता आउन धेरै ढिला भइसक्ने विज्ञहरु बताउँछन् ।
प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले परीक्षणका लागि जोड नदिँदा अहिले ज्यादै न्यून परीक्षण भइरहेको छ।‘अहिले त दैनिक रुपमा ७० देखि ८० जनाको सम्मको ‘स्वाब’ परीक्षण लागिभइरहेको छ।जति नमुना आयो त्यत्तिको नै त गर्ने हो।’ भनी बताए।