काठमाडौँ, २७ साउन २०७९
नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ सच्याउन माग गरेको छ ।
एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ ल्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षड्यन्त्रपूर्ण ढंगले ल्याइएको आरोपसमेत लगाएका छन् ।
उक्त विधेयकले भेटेरिनरी डाक्टर र पशु प्राविधिकहरूलाई समान अधिकार प्रदान गर्ने औँल्याउदै एसोसिएसनले आपत्ती प्रकट गरेको हो ।