आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

Nam Raj Bhatta by Nam Raj Bhatta
September 28, 2023
in News
A A
0
पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, ११ असोज २०८०

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड दिएका छन।

सरोकारवालाले सन् २०३० सम्ममा रेबिजविरुद्धको मृत्यु शून्यमा झार्ने प्रतिबद्धतामा केन्द्रित हुन सुझाएका छन् । भेटेरिनरी अभ्यासकर्ता संघ, नेपाल, पशु सेवा, ललितपुर महानगरपालिकाको आयोजना तथा नेपाल भेटेरिनरी एसोसिएसनको सहआयोजना र नेपाल पशुपन्छी औषधि व्यवसायी संघको सहकार्यमा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पशु चिकित्सकलगायत सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले रेबिज रोगविरुद्ध विभागले गरिरहेको कामबारे जानकारी गराउँदै सन् २०३० को लक्ष्य पूरा गर्न जिम्मेवारपूर्वक प्रस्तुत भएको बताए । त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गरिरहेको उनले जानकारी दिए । विभिन्न जिल्लामा रेबिज प्रकोपका रूपमा रहेकाले यसलाई तीन ढंगले नियन्त्रण गर्नुपर्ने डा. दाहालले बताए।

डा. दहालका अनुसार जनचेतना, मास भ्याक्सिनेसन र कुकुरको जनसंख्या कम गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ । ‘रेबिज रोग प्रकोपका रूपमा रहेकाले जनचेतना जगाएर, मास भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरेर तथा कुकुरको संख्या घटाएर यसलाई नियन्त्रणमा लिन सकिन्छ,’ डा. दाहालले भने । डा. दाहालले रेबिज दिवसअघि एक साता रेबिजविरुद्धको कार्यक्रम सञ्चालन गर्नुभन्दा वर्षभरि नै यसलाई सञ्चालन गर्न उनले सुझाव दिए ।

यस्तैगरी नेपाल पशुपन्छी औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रीतेश रिमालले अत्यावश्यक विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको जनाउँदै यसलाई थप सघन बनाउन जोड दिए । रेबिज रोगबारेको सचेतना सबैतिर आवश्यक रहेकाले यस्ता अन्तरक्रिया सातै प्रदेशमा आवश्यक भएको उनको भनाइ छ ।

ललितपुर महानगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. अमर रायले समुदायमा रहेका रेबिज संक्रमित कुकुर अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए । प्राग ऐतिहासिक कालदेखिको कुकुरको महत्त्वबारे प्रकाश पार्दै उनले रेबिज उन्मूलनका चुनौतीबारे छलफल गर्नुपर्ने बताए ।

कार्यक्रममा भेटेरिनरी अभ्यासकर्ता संघका अध्यक्षडा. बलराम थापाले रेबिज रोगको जोखिमबारे प्रकाश पार्दै हालसम्म यो रोगबाट संक्रमित एक जना मात्र जीवित रहेको बताए । रेबिजको मृत्युदर उच्च रहेकाले गम्भीर बन्न उनले सबैमा आग्रह गरे । रेबिज रोगविरुद्धको खोपबारे चिकित्सकले गलत सल्लाह दिँदा दुःखद् घटना हुने गरेको उल्लेख गर्दै उनले आफूकहाँ आउने बिरामी तथा आफन्तलाई उचित सल्लाह मात्र दिन सुझाव दिए ।

नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा. केदार सुवेदीले उपस्थितलाई स्वागत गर्दै रेबिज उन्मुलनमा सबैको सहकार्यको आवश्यकता रहेको बताएका थिए ।
भेटेरिनरी अभ्यासकर्ता संघ (भिपान) का महासचिव डा. नवराज श्रेष्ठले विश्व रेबजि दिवशको उपलक्ष्यमा विभिन्न विद्यालयका उपत्यकाका विभिन्न विद्यालयका २ हजार बढी विद्यार्थीहरुलाई कक्षा संञ्चालन गरेर जानकारी दिनुका साथै यो रोगको उच्च जोखिमको अवस्थामा समेत सेवा गर्नुपर्ने फ्रण्टलाईनर प्राविधिकहरुलाई यो रोग विरुद्धको खोप लगाउने लगाएका कार्यक्रम गरिरहेको जानकारी दिएका थिए ।

कार्यक्रममा डा. मनिषमान श्रेष्ठ र डा. रोसिका श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रेबिज रोग र सन् २०३० मा यसलाई निमूल गर्ने सरकारको प्रतिबद्धतामाथि केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए ।

Tags: Corona Virus #Covid19Dr. Kedar SubediNepal veterinary association
Previous Post

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

Next Post

World Culture Festival to begin on September 29 in Washington DC

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

5 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
World Culture Festival to begin on September 29 in Washington DC

World Culture Festival to begin on September 29 in Washington DC

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...