काठमाडौं , २२ श्रावण २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकाका ८७ सहित ३६० जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं उपत्यकामा ७६ र ललितपुरका १० र भक्तपुरका १ जनालाई कोरोना पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको सख्या २१ हजार ७५० पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।
यस्तै २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ३८९ जना निको भएका छन् । हाल क्वारेन्टिनमा ९ हजार ४७० जना बसिरहेका छन् । यसैबीच थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
स्वास्थ्यका दृष्टिकोणले असुरक्षित बनाउँदै बनाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका माग दण्ड २०१७ तयार गरिएको छ।