Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बेलायत सरकारले दियो नेपाललाई २६० भेन्टिलेटर सहित स्वास्थ्य सामग्रीहरु

Nam Raj Bhatta by Nam Raj Bhatta
May 28, 2021
in News
Reading Time: 1 min read
A A
0
Ventilator

Ventilator

610
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ जेठ २०७८

बेलायत सरकारले नेपाल सरकारको अनुरोध बमोजिम कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सामग्रीहरु बिहीबार अपराह्न बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ ।

गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।

अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताए ।

Tags: Corona Virus #Covid19Health equipment
SummarizeShare259ScanTweet146

Related articles

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

by Nam Raj Bhatta
June 22, 2026
0

काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी 'कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड' बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’...

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    818 shares
    Share 327 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    689 shares
    Share 276 Tweet 172
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    685 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित
  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.