त्रि.वि. शिक्षण अस्पतालमा विश्व श्रवण दिवस २०२० विभिन्न कार्यक्रम गरि सप्पन्न

काठमाडौं  फागून २०, मङगलवार

हरेक मार्च ३ का दिन मनाईने  बिश्व श्रवण दिवस यस वर्ष पनि हर्ष र उत्साहजनक विभिन्न कार्यक्रम गरी मनाइएको छ।

बिहान ७ :३० बजे माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी विश्व स्वास्थ्य संगठनले श्रवण दिवसको लागि तोकेको अधारमा सुनाइ,समस्या एवं सम्बन्धि विभिन्न नाराहरुका साथ कक्लियर एम्प्लान्ट नेपाल ग्रुप , नाक कान तथा घाँटी समाज एवं श्रवण संघ नेपाल ,इयर केयर नेपाल बिपि नेत्र प्रतिष्ठान बाल अँखा , नाक ,कान तथा  घाँटी अस्पताल ,पुनर्स्थापना केन्द्रको आयोजनामा स्वास्थ्य सेवा बिभाग पुगी कोण सभामा परिणत भएको नाक ,कान तथा घाँटी रोग विशेषज्ञ  प्रा.डा .रबिन्द्र भक्त प्रधानाङ्गले बताएका छ्न।
TUTH World Hearing day 2020 observation Nepal
TUTH World Hearing day 2020 observation Nepal
TUTH World Hearing day 2020 observation
TUTH World Hearing day 2020 observation
साथै यस दिवसलाई राम्रो अवसर पारी कक्लियर इम्प्लान्ट नेपाल ग्रुपले झण्डै ६ लाख २० हजार लागत पर्ने नवजात शिशुको श्रवण परीक्षण गर्ने ओ.ए.ई. एवं ए.ए.बि.आर. स्क्रिनिङ् आधुनिक उपकरण त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काको प्रमुख अथित्वमा  ईम्प्लान्ट ग्रुपका अध्यक्ष डा .पबिना रायमाझीले प्रमुख अथितिलाई हस्तान्तरण गर्नुभयो।उक्त उपकरणको प्रयोग आजदेखी त्रिवि अस्पतालमा जन्मेका नवजात शिशुहरुलाई बिसिजी खोप लगाउन आउने बेला श्रवण परीक्षण गरिएको थियो। यो उपकरणको प्रयोग शनिबार बाहेक अरु दिन संचालनमा रहने प्रा.डा. प्रधानाङ्गले बताए।
 कार्यक्रममा आफ्नो स्वागत मन्तव्य दिने क्रममा प्रा:डा: प्रधानाङ्गले नियोनेटल हियरिङ्ग स्क्रिनिङ्गको बारेमा प्रकाश पार्नु भएको थियो।
Next Post