भुवनेश्वरी जोशी
धनगढी , २८ मङ्सिर २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा स्थानीय स्तरमा काम गर्ने स्वास्थ्य कर्मीका लागि कुष्ठरोग सम्बन्धिको आधारभूत तालिम आयोजना गरिएको छ ।
२७ मङ्सिर देखि पौष ०१ गते सम्म स्वास्थ्य तालिम केन्द्र धनगढ़ीमा संचालन भएको कुष्ठरोग सेवा प्रदायक स्वास्थ्यकर्मीलाई आधारभूत तालिम संचालन गरिएको कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षय कुष्ठ निरीक्षक श्री मनोज प्रसाद ओझाले बताउनु भएको छ ।

कुल १६ जना सहभागी रहेको उक्त तालिमको प्रारम्भिक सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले नेपाल सरकारले राष्ट्रिय स्तरमा कुष्ठ रोग निवारण भएको घोषणा २०६६ साल माघ ५ गते गरेको थियो । सोहि घोषणा र लक्ष्य लाइ दिगोपन कायम गर्नको लागि र निवारणको लक्ष्य अनुरुप प्रति १० हजार जनसंख्यामा एक भन्दा कम रोगीको संख्या कायम गर्नको लागि नेपालका तिन तहकै सरकारको भूमिका महत्वपुर्ण रहेको र त्यसमा पनि स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरि कुष्ठ रोग मुक्त नेपालको सपना पुरा हुन् सक्ने कुरा बताउनु भएको छ । उहाँले कुष्ठरोग मुक्त नेपालका लागि स्थानीय स्तरका स्वास्थ्य संस्था हरुमा सम्भावित कुष्ठरोगीको पहिचान , निदान , प्रभावकारी उपचार गर्नुपर्दछ भने स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाको समयमै उपयुक्त रजिस्टरमा अभिलेख राख्ने र DHIS2 मा समयमै प्रतिबेदन गर्नुपर्ने कुरा जोड दिनु भएको छ । कुष्ठरोग मुक्त नेपालका लागि हरेक स्वास्थ्य संस्थामा कुष्ठरोग बिरुद्धको औषधि मौज्दातमा रहनु पर्दछ र संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमा कुष्ठरोग पहिचान गर्ने आधारभूत सिप हुनु पर्ने भएकोले यस तालिमको आवश्यकत़ा परेको कुरा समेत बताउनु भएको छ ।
नेपालको संघीय संरचना , विश्वब्यापी कुष्ठरोग सम्बन्धि रणनीतिको आधारमा नेपालले पनि कुष्ठ रोग राष्ट्रिय रणनीति २०७३-२०७७ तयार गरेको छ सोहि आधारमा नेपालमा कुष्ठ रोग निवारण , गुणस्तरीय उपचार सेवा तथा ब्यबस्थापन र कुष्ठ रोगका कारणले हुने अपाङ्गताअपाङ्गता र जनस्वास्थ्य न्यूनीकरण गर्न यस तालिमले सहयोग गर्ने कुरा आयोजक संस्था स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जनस्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशीले बताउनु भएको छ