धनगढी, ८ मंसिर २०७७
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरुमा कार्यरत क्षयरोग नियन्त्रण कार्यक्रमका लागि काम गर्ने फोकल पर्सनहरुको लागि संचालन भएको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम एक समारोह बीच धनगढीमा सम्पन्न भएको छ ।
जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुमा कार्यरत क्षयरोग नियन्त्रण ब्यबस्थापक हरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा धनगढीमा संचालन भएको हो । कार्यक्रममा सेभ द चिल्ड्रेन यु एस ग्लोबल फण्डको आर्थिक तथा प्राबिधिक सहयोग रहेको थियो भने कार्यक्रमको सहजीकरण राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सानो ठिमी भक्तपुरमा कार्यरत तथ्यांक अधिकृत श्री पुष्प राज जोशी तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र मै कार्यरत अनुगमन मुल्यांकन अधिकृत श्री लोक राज जोशीले गर्नु भएको थियो
मङ्सिर चार गते मङ्सिर आठ गते सम्म संचालन भएको उक्त तालिमले स्वास्थ्य कार्यालयहरुमा कार्यरत क्षयरोग फोकल व्यक्तिहरुको क्षयरोग नियन्त्रण कार्यक्रमका लागि आवश्यक पर्ने ज्ञान, सीप , क्षमतामा वृद्धि हुने र तथ्यांक ब्यबस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोगी हुने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत क्षय कुष्ठ निरीक्षक श्री मनोज प्रसाद ओझाले बताउनु भएको छ। साथै यस कार्यक्रमको महत्वपूर्ण पक्ष जिल्ला भरिका सबै क्षयरोगीहरुको विधुतीय माध्यमबाट रजिस्ट्रेसन् हुने छ यसरि सबै बिरामीहरुको रजिस्ट्रेसन् भएमा उनि हरुले बिभिन्न समयमा खकार जांच गर्नु पर्ने कुरा , नियमित औषधि सेवन गरिरहेको कुरा र उनिहरूको स्वास्थ्य अवस्था समेतको फलोअप गर्न सहज हुने तथा सबै क्षयरोगीहरुको Electronic माध्यमबाट दर्ता भए पछी राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सम्म सुदूरपश्चिम प्रदेशका सबै क्षयरोग बिरामीको तथ्यांकमा पहुँच हुने र सबै पक्षले अनुगमन गर्न सक्ने छन् ।
समापन समारोहमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थीले सफलता पुर्वक तालिम समापन भएकोमा सबैलाइ धन्यबाद दिनु भएको छ । डा.अवस्थीले आफ्नो मन्तब्यमा अबको गन्तब्य भनेको क्षयरोग बिहीन नेपालको अवधारणाको लागि टिमले एक आपसमा मेलमिलाप गरि समन्वय र सहकार्यका साथ् अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो। सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक बर्ष भित्रमा हिमाली जिल्लाको एक , पहाडी जिल्लाको एक र तराईको एक गरि जम्मा तीन पालिकालाई क्षयरोग बिहीन पालिकाका लागि काम गरिने र यो कार्यक्रम आगामी आर्थिक बर्षहरुमा निरन्तर आगाडी बढ्ने कुरामा जोड दिनु भएको छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग अन्त्यको रणनीति तय गरेको हुनाले सो भन्दा अगावै सुदूरपश्चिम प्रदेशबाट क्षयरोग अन्त्यका लागि Timely, correct Recording , Reporting गर्नु पर्ने , समयमै DHIS 2 प्रणालीमा प्रतिबेदन इन्ट्री गर्ने र ELMIS को प्रतिबेदन समेत समयमै सम्बन्धित निकायमा पुग्नु पर्ने कुरामा सबैले आ-आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने अवधारणा राख्नु भएको छ। सुदूरपश्चिम प्रदेशलाई नमुना स्वास्थ्य प्रदेश बनाउने कुरामा समेत डा.अवस्थीको जोड रहेको छ । नमुना स्वास्थ्य प्रदेशको अभियान मा अगाडी बढ्ने क्रममा कार्यक्रम संचालनका लागि आवश्यक पर्ने Huamn resources , Materials, Money , Methodology , Machinery को सहि सदुपयोग गर्नु पर्ने र त्यसै गरि प्राप्त सामानहरुको उचित प्रयोग गर्नुपर्ने , आवश्यकतानुसार मर्मत सम्भार गर्नुपर्ने डा.अवस्थीले बताए।