ललितपुर, ६ असार २०७९
ललितपुरको महालक्ष्मी नगरपालिकाको बडा नं ६ का शंकास्पद क्षयरोगका बिरामीको शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा वडा नं ६ मा रहेका १२८ जना शंकास्पद क्षयरोगका बिरामीको निःशुल्क स्वास्थ्य शिविर गरेको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक भरत बोहोराले जानकारी दिनुभयो।
बोहोराका अनुसार क्षयरोगका जोखिम समुह तथा स्वास्थ्य सेवाको पहुँच कम भएको समुदायमा सक्रिय क्षयरोग खोज पड्ताल समेत गरेको छ। घर परिवारका सदस्यहरूको सम्पर्कमा समेत रहेकाहरुको परीक्षण र समुदायमा क्षयरोगका बिरामीको खोज पड्तालका लागि क्षमता अभिवृद्धि तथा परिचालन गरेको छ।
त्यस्तैगरी असार १ गते महालक्ष्मी नगरपालिका नगर प्रमुख हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो। वडा नं ८ लुबु प्राथमिक स्वास्थ्य केन्द्रमा ७९ जना शंकास्पद क्षयरोगका बिरामीको खकार परीक्षण गरेको थियो । जसमा १ जनालाई पोजेटिभ देखिएको बोहोरा जानकारी दिनुभयो।