काठमाडौं, ३ जेठ २०८०
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. श्रेष्ठलाई केन्द्रको जिम्मेवारी दिएका हुन्।
डा. श्रेष्ठ वीर अस्पतालमा छातिरोग विशेषज्ञको रुपमा कार्यरत छन्। क्षयरोग केन्द्रमा लामो समयदेखि निर्देशक विहीन थियो।