काठमाडौं, २४ माघ २०७८
ट्रु डर्माले प्रणय दिवस (भ्यालेन्टाइन्स डे) का अवसरमा प्रेम जोडिका लागि लक्षित गरेर बहु–उत्पादन सेट तयार गरेर उपहार ल्याएको छ।
१४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे को दिनलाई मध्यनजर गर्दै ट्रु डर्मा (Truederma)ले प्रेमिकाको हेरचाहका रुपमा विभिन्न उपहार सेट तयार पारेको हो । ट्रु डर्माले विशेष छुटमा उपहारका वस्तु दिएको जनाएको छ ।
ट्रु डर्मा कम्पनीले भनेको छ, उपहार सेट किन्नुहोस् र प्रेमि प्रेमिकालाई आफ्नो हेरचाहबारे देखाउन जो कोहीले फूलहरू किन्न सक्छन्, तर हाम्रो उपहार भनेको तिनीहरूले वास्तवमा प्रयोग गर्नेछन ।
ट्रु डर्माद्वारा सेट गरिएको बहु-उत्पादन उपहार प्रेमि प्रमिकाको मुस्कान बन्न सकोस भनेर यो अफर ल्याइएको कम्पनीले जनाएको छ । पौष्टिक अनुहार धुने, घामबाट जोगाउन सनब्लक, घनिष्ट स्वच्छता धुने र फूल र चकलेटहरू समेत सेटमा पाइनेछ ।
यो उपहार सेटमा तपाइँले त्यो विशेष व्यक्तिलाई माया र प्यारो महसुस गर्न आवश्यक पर्ने सबै कुराहरू समावेश गरिएको छ । ट्रु डर्मा विशेष दिनलाई मध्यनजर गर्दै ६ हजारका वस्तु ५ हजारमा र ३ हजारका वस्तु २५ सयलमा दिएको कम्पनीले जनाएको छ।
खासगरी युवायुवतीहरुले एकअर्काबीचको अव्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा भ्यालेन्टाइन्स डेलाई लिने गरेको पाइन्छ ।
क्याथोलिक र रोमन समुदायका नागरिकले उक्त दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भए पनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको हो।
भ्यालेन्टाइन्स डे सम्बन्धी एउटा मान्यताका अनुसार हजारौं वर्षअघि रोमका राजा क्लाउडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए ।
सैनिकहरु विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धरैको विवाह गराएका थिए । आफ्नो आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाउन थालिएको हो ।
नेपालमा पनि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर विभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाउँछन् भने विशेष गरी रातो गुलाबको फूल दिने चलन पनि रहेको छ । तर पछिल्लो सयम फुल औलिएर जाने, झर्ने भएकाले त्यसको विकल्पमा उपहारहरु दिने चलन बढ्न थालेको छ।
http://4.188.83.218/static/3592.jpgarticles/health-managment/




