काठमाडौं, २८ साउन २०८१
शनिबार काठमाडौंमा एक कार्यक्रममा ट्रु ड्रमाको ‘ट्रु स्किन’ नामक सौन्दर्य सामग्री बजारमा आएको सार्बजनिक गरेको छ।
बलिउड अभिनेत्री सन्जिदा शेख र नेपाली अभिनेत्री केकी अधिकारीले उक्त सौन्दर्य सामग्री सार्वजनिक गरेका हुन्।
बलिउड अभिनेत्री शेखले चर्चित वेभ सिरिज ‘हिरामण्डी’मा अभिनय गरेकी छिन्। उनले आफूलाई पनि उक्त उत्पादन मन परेको उल्लेख गरिन्। ब्राण्डको १६ वटा उत्पादन रहेका छन्।
लक्जरियस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओयल सार्वजनिक भएको हो।
नेपाली ब्राण्ड रहेको ट्रु डर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्डका निर्देशक सुशान्त मुरारकाले बताए।
निर्देशक मुरारकाले अनुसार ट्रु स्किन, ट्रुडर्मा कम्पनीको नयाँ उत्पादन रहेको छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए। यी प्रोडक्टले छालालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ। ‘यो उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्नेछ। छालालाई स्वस्थ र आकर्षक बनाउने पुरा विश्वास छ।