धादिङ , २ साउन
धादिङ रुबीभ्याली गाउँपालिका स्थित धादिङ अस्पतालका मे. सु. डा. त्रिभुवन चन्द्र झाको पहलमा सुत्केरीको ज्यान बच्न सफल भएको छ।
धादिङ सेर्तुङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी गर्भवती महिलाको प्रसव पिडा जटिल बन्दै जादा हेलिकप्टरबाट तत्काल काठमाडौ लैजानुपर्ने अवस्था समेत देखिएपछी र हेलिकप्टर आउन नसकेपछि धादिङ अस्पतालका मे. सु. डा. त्रिभुवन चन्द्र झा (विशेषज्ञ चिकित्सक) MNH Emergency Help Line को माध्यमले विशेषज्ञ परामर्श दिएका थिए।
आज बिहान ३६०० ग्रामको बच्चा सकुशल जन्मिएको र सुत्केरी महिला र नवजात शिशुको जिवनको जोखिम टार्न सफल भएको छ।

धादिङ अस्पताललाई सहयोगको लागी समय
मै खबर गर्ने सेर्तुङ स्वास्थ्य चौकीकी नर्स पासाङ डोल्मा मोक्तान र MNH Emergency Help Line सन्चालनमा सहयोग गर्ने सस्था One Heart Worldwide लाई पनि धादिङ अस्पताल परिवारले सहयोग गर्नु भएको मेसु डा. झाले बताउनु भयो।














