काठमाडौं, २३ चैत्र २०७७
राजधानीको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा मोहम्मद दाउदले जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका दाउदलाई सो जिम्मेवारी दिएका हुन् । तालिम केन्द्रको जिम्मेवारी सम्हालेका एघारौँ तहका डा. यदुचन्द्र घिमिरेलाई हेटौडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा पठाइएको छ ।
दाउद र घिमिरेको दरबन्दी अहिलेकै स्थानमा भएपनि तत्कालिन मन्त्री भानुभक्त ढकालले ८ फागुन २०७६ मा काम काज गर्ने गरी जिम्मेवारी परिवर्तन गरेका थिए ।