काठमाडौं, २० जेठ २०८०
लाइन्स जिल्ला 325 G अन्तर्गत लायन्स क्लब अफ काठमाडौं रेडियन्स, प्याप्सन र नेपाल चिकित्सक संघको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय बग्गेखानामा एक दिने “वायु प्रदुषण र त्यसको एलर्जी, आस्थमा र भुमिका, एन्टिबायोटिकको गलत प्रयोगको दीर्घकालीन असर ” सम्बन्धि जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ।
कार्यक्रममा लाइनमा क्लब अफ काठमाडौं रेडियन्स र प्याप्सनमा प्रेसिडेन्ट एलर्जी रोग विशेषज्ञ डा. महेश कुमार गौतमले ट्राफिक प्रहरी हरुमा प्रदुषणले निम्त्याउन सक्ने छाला, नाक कान घाँटी तथा फोक्सो सम्बन्धि दम लगायतका विभिन्न समस्या हरुको पहिचान, उपचार र बच्ने उपायहरुको बारेमा प्रस्तुत गर्नु भएको थियो।
जिल्ला एन्टिबायोटिक जनचेतना समितिका प्रमुख डा. महेश कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिआईजि श्री पोषराज पोखरेलले बढ्दो सवारी
साधन तथा उही साँघुरा सडकले सिमित ट्राफिक प्रहरीको जनशक्तिका कारण ट्राफिक प्रहरीहरुको ट्राफिक प्रदुषणले गर्दा रोग लाग्ने जोखिममा त छदैछन त्यसमाथि सही समयमा उपचारको लागि डाक्टर जाँच गराउन जान पनि कार्यवस्थाले पाउँदैन । यस अवस्थामा भविष्यमा पनि चिकित्सक सँघ र लायन्स क्लब सँग सहकार्य गर्दै ट्राफिक प्रहरीहरुको स्वास्थ्य स्थिति दुरुस्त राख्ने काम गर्दै जाने बताउनुभयो।
त्यस्तैगरी विशेष अथिति लाइन्स डिस्टिक 325 G का डिस्ट्रिक गभर्नर लायन उत्तम झाले ट्राफिक प्रहरीहरुको स्वास्थ्य दुरुस्त राख्न लाइन्सले गर्नुपर्ने सक्दो सहयोग सबै कुरामा जोड दिनुभयो। ट्राफिक प्रहरीहरुको लागि सिट्टि बजाउन र मास्क फुकाल्न नपर्ने किसिमको मास्क निर्माणमा सबै विज्ञ टोली लाग्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विशेष अतिथि नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले नेपाल चिकित्सक संघले ट्राफिक प्रहरीहरुको स्वास्थ्य सुनिश्चित गर्न भविष्यमा पनि विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धत गर्नुभयो। साथै नेपाल चिकित्सक संघको लोगो वा कार्ड भएका डाक्टरहरुलाई ट्राफिक जामहरुमा सजिलो अस्पताल सम्म पुग्ने व्यवस्था गरिदिनु पनि ध्यानकर्षण गराउनु भयो।
यस्तै कार्यक्रममा लायन्स लिडर पिएमसिसि लायन कायम उदिनले पनि लायन्सको बारेमा सानो परिचय दिदैँ यस्ता कार्यक्रमको महत्वको बारेमा जोड दिनुभयो।
कार्यक्रमको संचालन लायन्स क्लब अफ रेडियन्सका चार्टर प्रेसिडेन्ट लायन डा. तेजसु सिंह मल्लले (जोन चेयर 325 G) र लायन डा. पासाङ लामु शेर्पाले गर्नु भएको थियो।
लायन डा. तेजसुका अनुसार लायन्स क्लब अफ काठमाडौं रेडियन्स एक स्पेसयालिटी क्लव अफ मेडिकल डाक्टर हो जसमा सय जना डाक्टरहरु आवद्ध रहेका छन् र यसले अन्तराष्ट्रिय क्लव एक्सिलेन्सी अर्वाड २०२१/२२ तथा क्लब अफ द मन्थ (नोभेम्बर), २०२१/२२ र क्लब अफ द मन्थ (जुलाई) २०२२/२३ पाउन पनि सफल भएका छन्।
कार्यक्रममा आउँदो वर्षका काठमाडौं रेडियन्सका अध्यक्ष लायन डा. रविन बस्नेतले कार्यक्रमको परिचय दिने क्रममा एन्टिबायोटिकको गलत प्रयोग र एलर्जी आस्थामाको बारेमा जनचेतना बढाउनुपर्ने महत्वको बारेमा धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारी, केन्द्रीय कारागार अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकी र लायन लिडरहरु पिडिजि डा. शुसिला मल्ल लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।
कार्यक्रममा सय ट्राफिकहरुको फोक्सोको जाँच पनि गरिएको थियोे।