पोखरा, २ कार्तिक २०८०
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले कार्तिक १ गते पोखरा ९, बसपार्कमा नि:शुल्क स्वास्थ्य शिविर गरेको छ l
सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले नसर्ने रोग सुगर प्रेसर तथा डेंगु रोग बारे परिक्षण/परामर्श सहित निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।
शिविरका प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस रास्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुंवरले चिकित्सक प्राबिधिक टोलि प्रमुख डा. द्रिस्य बिश्वकर्मालाई ग्लुकोमिटर र बि.पी set हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुवरले ट्रेड युनियन कांग्रेसले सधै आफ्नो कुरा मात्र गर्छ भन्ने भ्रमलाई चिरेर नागरिकको जनजीविकाका कुरामा पनि प्रतिबद्ध छ भन्ने संदेश शिविरले प्रमाणित गरेको बताए ।
नेपाल ट्रेड युनियन काग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा सम्पन्न शिविरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य सारदा पौडेल, गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बराल, माननीय सरस्वती गुरुङ, ट्रेड युनियन कांग्रेसका बरिस्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, उपाध्यक्षद्वय राजेश पालिखे, राधिका कुइकेल, सह-कोषाध्यक्ष रशामाया गुरुङ, गण्डकी प्रदेश समितिका अध्यक्ष मुरारी शर्मा लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अस्पताल सम्म पहुँत नपुगेकाका लागि प्राइम ठाँउमा शिविर राखेर ट्रेड युनियन मर्म भावना अनुरुप कार्य गरेकोमा धन्यवाद ब्यक्त गरेको थिए ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा संचालित उक्त शिविरमा डा. दृस्य विश्वकर्माको नेतृत्व सहितको चिकित्सकहरुबाट नसर्ने रोग ( सुगर प्रेसर ) तथा डेंगु रोग बारे परिक्षण तथा परामर्श सहित स्वास्थ्य परिक्षण गरेको थियो ।
स्वास्थ्य सेवा उपचारका लागि एक दर्जन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा संचिलित शिविरबाट करिब ४ सय भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएको राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले बताएl
शिविरमा निशुल्क स्वास्थ्य सेवा संगै आवश्यक औसधी पनि निशुल्क वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य महेन्द्र गुरुङले दिएका थिए भने कार्यक्रम संचालन सबिना सुनामले गरेकी थिइन् ।