काठमाडौं, ०६ चैत २०७८
बाँसबारी स्थित द चान्दबाग स्कुलले रजत जयन्तीको अवसर पारेर आर्ट प्रतिस्पर्धा सम्पन्न गरेको छ।
शनिबार द चान्दबाग स्कुलले पाँच वर्ष देखि निरन्तर गर्दै आइरहेको यस वर्ष पनि लिटिल बिकासको लागि इन्टर स्कुल बिच आर्ट प्रतिस्पर्धा गरेको हो।
आर्ट प्रतिस्पर्धामा ३५ स्कुलका ४ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका भाइस प्रिन्सिपल सोम राज पनेरुले बताउनुभयो।
पनेरुका अनुसार प्रत्येक वर्ष गर्दै आएको आर्ट प्रतिस्पर्धा लाई यस वर्ष विशेष प्राथमिकताका साथ गरेको छ। जसमध्ये आर्ट प्रतिस्पर्धालाई तीन क्याटागोरिजमा विभाजन गरेको थियो। जसमध्ये My Happy Family अन्तर्गत युकेजि र एक कक्षा, my happy season अनर्गत दुइ र तीन कक्षाका लागि प्रतिष्पर्धा भएको र my Cold क्याटागोरिज अन्तर्गत ४ र ५ कक्षाका विद्यार्थीले प्रतिष्पर्धा गरेको थियो।
पहिलेका वर्षहरूमा कक्षा १२ सम्मकै विद्यार्थीलाई प्रतिष्पर्धा गराइन्थो भने यो वर्ष कोभिड-१९ का कारण गर्न नसकिएको स्कुलका भाइस प्रिन्सिपल पनेरुले बताउनुभयो।
यो आर्ट प्रतिस्पर्धा गर्नुको मुख्य उद्धेश्य बच्चाको लागि धेरै महत्वपूर्ण कार्य हो। आर्टबाट बच्चाको मनोविज्ञान, मन भित्रको कुरा थाहा पाइने हुनाले प्रतिष्पर्धा गरेको पनेरुले बताए।
उक्त आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको पनि सहभागिता रहेको थियो।