आज मिति : २०८२ माघ १४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
August 23, 2023
in News
A A
0
टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ भदौ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा राजधानीमा आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका हुन । नेपाल जस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा बरदान नै सावित भएको बताउदै मन्त्री बस्नेतले त्यस क्षेत्रमा अहिले देखिएका कमि कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुन्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ । ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिगत ७ वर्षदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेर केही काम भइरहेको जानकारी गराउदै बस्नेतले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू लागि परेको स्मरण गर्दै मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्नेहो भने थोरै समयमा धेरै काम गर्न सकिने दावी गरे । सरकारले सूर्तिजन्य पदार्थमा लगाउने कर बाफतको रकम स्वास्थ्य मन्त्रालयले पाउनु पर्नेमा अर्थ मन्त्रालयले त्यसको थोरै रकम मात्र स्वास्थ्यलाई दिने गरेमा मन्त्री बस्नेतले असंतुष्टि व्यक्त गरे । उनले करको सबै रकम स्वास्थ्यले पाउनु पर्नेमा जोड दिदैं अबको ६ महिनाभित्र स्वास्थ्यमा जनताले महसूस गर्ने गरि काम गरेर देखाउने मन्त्री बस्नेतले बताए ।

कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले टेलिमेडिसिनका क्षेत्रका केन्द्र र प्रदेशहरुमा केही न केही काम भइरहेको जानकारी गराउदै अब यसलाई उच्च प्राथमिकताका साथ अगाडि बडाइने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन सेवालाई प्रभावकारी ढंगले अगाडि बढाइने बताए ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाका निर्देशक डा. अनुप बाँस्तोलाले टेलिमेडिसिन क्षेत्रमा अहिले भइरहेका अभ्यास र सुधार गर्नु पर्ने पक्षका बिषयमा स्वास्थ्य क्षेत्रका सरोकारवाला अधिकारीहरुसँग छलफल गरेर अगाडि बढ्न दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताए ।

डा. बाँस्तोलाका अनुसार विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन तथा अनलाइन स्वास्थ्य सेवा कार्यविधि २०७७ मा पनि आवश्यक परिमार्जन गरिने छ । डा. बाँस्तोलाले भने, ‘अहिलेसम्म मन्द गतिमा चलिरहेको टेलिमेडिसिन सेवा अब रफ्तारमा चल्ने छ । ’

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभावजी राव पाण्डवले टेलिमेडिसिन सेवा प्रभावकारी ढंगले सञ्चालन हुन सकेमा नेपालको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे । कार्यशालामा देशका सात वटै प्रदेशका स्वास्थ्य मन्त्रालय एवं समाजिक विकास मन्त्रालयका सचिवहरु, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, संघीय र प्रादेशिक अस्पतालहरुका प्रमुखहरु र निजी अस्पतालका प्रमुखहरु र सरोकारवाला विज्ञहरुको सहभागिता थियो । विज्ञहरुले टेलिमेडिसिन सेवाको विस्तारमा अपनाउनु पर्ने विधिहरु र कार्यविधिमा सुधार गर्नु पर्ने पक्षका बिषयमा सुझाव पेस गरेका थिए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Anup BastolaDr.bikash devkotaWHO
Previous Post

स्टार अस्पतालले गर्यो ५ वर्षमा २०० जनाको जोर्नी प्रत्यारोपण #StarHospital

Next Post

फर्मासिष्ट बिना फार्मेसी चलाए कारबाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको चेतावनी 

Related articles

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न
News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न

12 hours ago
1.6k
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
News

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

13 hours ago
1.6k
स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध
News

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

1 day ago
1.6k
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त
News

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ मेडिसिनको डिनमा प्रा.डा. प्रधान नियुक्त

1 day ago
1.6k
बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन
News

बी एन्ड बी अस्पतालमा ‘AKB Limb Fitting Centre’ औपचारिक रूपमा उद्घाटन

2 days ago
1.6k
बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
News

बेनी अस्पतालमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न

3 days ago
1.6k
Next Post
फर्मासिष्ट बिना फार्मेसी चलाए कारबाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको चेतावनी 

फर्मासिष्ट बिना फार्मेसी चलाए कारबाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको चेतावनी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,422)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In