काठमाडौं, ६ जेठ २०७९
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले आइतबार बिदा नदिई ओपिडी सेवा नियमित दिने निर्णय गरेको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पतालले सेवा दिने निर्णय गरेको हो ।
ओपीडी सेवा लगायतका सम्पूर्ण सेवा सञ्चालन हुने अस्पतालले सुचना जारी गरेको छ । इन्धनको खपत कम र विदेशी मुद्रा सञ्चिति गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन सम्पुर्ण सेवाहरू अर्को सुचना नभएसम्म पुर्वत रुपमा नियमित सञ्चालन हुने सुचनामा जारी गरिएको छ।