काठमाडौं, ६ जेठ २०७८
दुई हप्ता अगाडि कोरोना संक्रमितको उच्च चाप बढेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शैया अभाव भएको थियो ।
संकटको बेला अब्बल भूमिका निर्वाह गरेको अस्पताल संक्रमितको भीड भएपछि अस्पतालले बरन्डामै राखेर बिरामीको उपचार गर्न बाध्य भएको थियो। तर दुई हप्ताको अन्तरालमा शुक्रराजका बरन्डा र आगन खाली भएको छ ।
अहिले अस्पताल भित्र इमर्जेन्सीको बेड पनि खाली हुन थालेको अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीले जानकारी दिए । यो सुखद कुरा भएको भन्दै आपतालका कर्मचारीहरुबीच खुसी साटासाट भएको उनले बताए ।

अस्सिजन बेलुन लगाउनु पर्ने अवस्थाका गम्भीर बिरामीको संख्या पनि घटेको इन्चार्ज भण्डारीले बताए । आइसियू चाइने बिरामी पनि क्रमश : घट्दै गएको उनको भनाइ छ ।
अस्पतालका अनुसार आइसियू चाहिने तर, आइसियु नपाएर इमर्जेन्सीमा हाेल्डभर बसेका बिरामीको संख्या २ गते २८ जना थिए । ३ गते १६, ४ गते १२ , ५ गते १० जना हुँदै आज छ जना मात्र छन् ।