काठमाडौं, ३० चैत्र २०७७
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको सङ्क्रमण दिन प्रतिदिन बढिरहेकोले एचआईभी एड्स सम्बन्धीको सेवा अर्को सुचना नआउन्जेल सम्मको लागि बन्द गरेर कोरोना विशेष अस्पताल घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार हाल बढ्दो संक्रमणको अवस्था तथा कोभिड १९ संक्रमितको उपचार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र टेकु अस्पतालबाट प्रवाह हुने एचआईभी एड्स लगायतका अन्य सेवाहरु भर्ना गरेर प्रबाह हुने सेवाहरू अर्को सुचना नआउन्जेल सम्म बन्द गरिने विज्ञप्तिमा जनाइएको छ।
कोभिड बाहेकका सेवाहरू वीर अस्पताल तथा पाटन अस्पतालबाट दिइने छ।
Comments 5