काठमाडौं, ०६ चैत्र २०७७
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पिसिआर प्रयोगशालामा विगत दुई हप्तादेखि कोरोना पोजेटिभको सङ्ख्या घट्दै गएको छ।
पोजेटिभको संख्या घट्दै गएतापनि परिक्षण गर्न आउनेको संख्या हरेक दिन १ सय भन्दा बढी रहेको छ।
अधिकांश बिदेश जानका लागि अनिवार्य पिसिआर गरिएकोले उनिहरु आउनेका गरेका छन्। त्यस्तै अस्पतालको आइसियु र आइसोलेसनमा रहने कोभिड संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ। यो संख्या घटेतापनि हरेक दिन दुई तिन जना नयाँ बिरामी थपिने भइरहेको छ।
छिमेकी मुलुक भारतका अधिकांश राज्यहरुमा दोस्रो कोरोनाको लहर देखापरे पश्चात छिट्टै नेपालमा पनि देखिन सक्ने जोखिम कम गराउन भारतबाट आउने नेपाली तथा बिदेशीलाई विशेष सुरक्षा सहितको क्वारेन्टाइन हुनु अनिवार्य रहेको अस्पतालका निर्देशक डा.सागर कुमार राजभण्डारीले बताउनुभयो।
डा.राजभण्डारीका अनुसार कोरोनाको जोखिम अझै रहेकोले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ।