काठमाडौं, १५ जेठ २०८०
सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शैयामा विस्तार गर्न ४६ करोड बिनियोजन भएको छ।
पोखरा, सुर्खेत, डोटी र भरतपुरमा बन्दै गरेको प्रदेश सरुवा रोग अस्पताल आगामी आर्थिक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ।
आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सरुवारोग अस्पताल निर्माण र विस्तारका लागि विनियोजन गर्ने बताएका हुन्।