काठमाडौं, ०१ चैत्र २०७७
त्रिवि शिक्षण अस्पतालमा नेपालमा पहिलोपटक १ वर्ष भन्दा मुनिको वच्चाको सफल कलेजो प्रत्यारोपण गरिएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शनिबार राति ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीका अनुसार प्रत्यारोपणका लागि ती बालकलाई उनका ३५ वर्षका बाबुले कलेजो दान गरेका थिए ।
काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारीले जानकारी दिए । उनकै नेतृत्वमा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । डा. भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण हो ।
Comments 2