रसुवा, ३० जेठ २०८०
रसुवाको गोसाइँकुण्ड गाउपालिकाको स्याफ्रुबेशी स्वास्थ्य चौकीमा १० हप्ता सम्मको सुरक्षित गर्भपतन सेवाको सुरुवात भएको छ।
गाउँपालिकाका उपाध्यक्ष श्री प्रतिमा तमाङले स्याफ्रुबेशी स्वास्थ्य चौकिमा औषधि वाट गरिने १० हप्ता सम्मको सुरक्षित गर्भपतन सेवाको उद्घघाटन गर्नु भएको हो।
गर्भपतन सेवाको लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचिकृत प्रमाण पत्र स्वास्थ्य व्यवस्थापन अध्यक्ष श्री दावा मिग्मार तमाङ तथा स्वास्थ्यकर्मीलाई हस्तान्तरणको साथै व्यानरमा रिवन काटी सेवाको सुरूवात गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बिमल घिमिरेले बताउनुभयो।
औषधिवाट गरिने १० हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा स्वास्थ्य चौकी बाट गोपीनियताको साथ निशुल्क प्रदान गरिने भएको घिमिरे बताए।