आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक सहित २२ जना सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
April 30, 2023
in News
A A
0
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक सहित २२ जना सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ वैशाख २०८०

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सातै प्रदेशबाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित २२ जना सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहांँहरुलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा. राजेश नेपाल, मधेश प्रदेशबाट मुटु शल्य चिकित्सक डा. महमद अफ्रोज अन्सारी र फिजिसियन डा. राम प्रताप शाह रहनुभएको छ । त्यस्तै बागमती प्रदेशबाट अर्थोपेडिक सर्जन प्राडा. सुरेश पाण्डे, क्यान्सर रोग विशेषज्ञ डा. विश्वराम पौडेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिल, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. दिव्या सिंह शाह, बाल शल्य चिकित्सक विशेषज्ञ प्राडा. रामनन्दन प्रसाद चौधरी र रेडियोलोजिस्ट डा. आनन्द प्रसाद श्रेष्ठ रहनुभएको छ ।

यस्तैगरी गण्डकी प्रदेशबाट फिजिसियन डा. सरोज पोखरेल, वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन रोग विशेषज्ञ प्राडा. गिरधारी शर्मा पंगेनी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. आनन्द भट्टराई उक्त अवार्डबाट सम्मानित हुनुभएको छ । लुम्बिनी प्रदेशबाट वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सचिन ढुंगेल, कर्णाली प्रदेशबाट जनरल तथा इमरजेन्सी मेडिसिन विशेषज्ञ डा. डम्बर खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ फिजिसियन तथा दमरोग विशेषज्ञ प्राडा. सुभेस राज कायस्थ सम्मानित हुनुभएको छ । सात वटै प्रदेशबाट तीन जना स्वास्थ्यकर्मीहरुलाई पनि अवार्ड प्रदान गरिएको छ। राजेन्द्र प्रसाद खरेल, सन्तोष केसी र शंकर खराललाई उक्त अवार्ड प्रदान गरिएको हो।

यस्तै, पत्रकारहरु बुद्धि बहादुर केसी, अनिता श्रेष्ठ, कमला गुरुङ्ग र सुमन खत्रीलाई अवार्डबाट सम्मानित गरिएको छ।

सो अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको समृद्धि र जनताको सेवा सुविधा सहज बनाई परिवर्तनको अनुभूति दिनुपर्ने बताउनु भयो । यस्ता काममा यो वा त्यो नभनीकन साझा प्रयासको आवश्यकता रहेको उहांँले बताउनुभयो ।स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहांँले लामो सङ्घर्षपछि प्राप्त वर्तमान उपलब्धिको अनुभूति जनताले गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता नैनसिंह महरले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन गर्न सके जनताले राहतको महसुस गर्ने बताउनुभयो ।

यस्तै, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका संरक्षक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, वरिष्ठ चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ लगायतले चिकित्सा सेवालाई दुर्गम क्षेत्रसम्म प्रभावकारी ढंगले पुर्याउन सरकारले विशेष किसिमको योजना र कार्यक्रमका साथ आकर्षक प्याकेजहरू ल्याउनु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपाल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Tags: Corona Virus #Covid19Sandip Kumar ShresthaSwasthya darpan health award 2080
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा दम र एलर्जीको अवस्था #AsthmaAllergy

Next Post

डेन्टल एसोसिएसनको अध्यक्षमा डा. शाक्य र महासचिवमा डा. ठाकुर निर्विरोध निर्वाचित

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

6 hours ago
778
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

8 hours ago
801
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

22 hours ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

1 day ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
847
Next Post
डेन्टल एसोसिएसनको अध्यक्षमा डा. शाक्य र महासचिवमा डा. ठाकुर निर्विरोध निर्वाचित

डेन्टल एसोसिएसनको अध्यक्षमा डा. शाक्य र महासचिवमा डा. ठाकुर निर्विरोध निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In