वैशाख १२, काठमाडौं ।
लकडाउनको समयमा एन–९५ मास्क र पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई) बढी मूल्यमा बिक्री गर्ने र विवरण लुकाउने तीन विक्रेतालाई वाणिज्य विभागले कारबाही गरेको छ ।
बढी मूल्यमा पीपीई बिक्री गर्ने त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टर प्राइजेजलाई दुई लाख तथा एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गर्ने चाबहिलको कालिका ट्रेडर्सलाई तीन लाख रुपैयाँ तथा स्वास्थ्य सामाग्रीको खरिद बिक्री विवरण नदेखाउने त्रिपुरेश्वरकै कान्तिपुर सर्जिकललाई दुई लाख जरीवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
महालक्ष्मी इशान इन्टर प्राइजेजले तीन हजार सात सय रुपैयाँमा किनेर दुई हजार रुपैयाँ नाफा राखेर पीपीई सेटा बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
चाबहिलको कालिका ट्रेडर्सले ४३० रुपैयाँमा किनेर एन–९५ मास्क ६ सय रुपैयाँसम्मा बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
त्रिपुरेश्वरमाा रहेको कान्तिपुर सर्जिकलले पछिल्लो तीन महिनाको खरिद बिक्री विवरण सार्वजनिक गर्न नमानेपछि उसलाई अनुचित क्रियाकलाप कसूरमा जरिवाना गराइएको पनि विभागले जनाएको छ । विभागको नियमित अनुगमनका क्रममा बुधबार ती बिक्रेताहरुहरुलाई कारबाही गरिएको विभागले जनाएको छ ।