आज मिति : २०८२ कार्तिक ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

जनस्वास्थ्यसम्बन्धी मुद्धामा सर्वोच्चले गर्‍यो आठ वर्षपछि फैसला

Nam Raj Bhatta by Nam Raj Bhatta
August 29, 2022
in News
A A
0
जनस्वास्थ्यसम्बन्धी मुद्धामा सर्वोच्चले गर्‍यो आठ वर्षपछि फैसला
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १३ भाद्र २०७९

सर्वोच्च अदालतले झण्डै आठ वर्षअघि दायर भएको जनस्वास्थ्य सम्बन्धी रिटमा ऐतिहासिक फैसला गरेको छ।

सर्वोच्चको फैसलासँगै वार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संसोधन गरेको थियो। तर सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीहरुले सो निर्देशिका खारेज नै गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए।

सो मुद्धाको विषयमा निर्णय लिनका लागि सर्वोच्चले ४० पटक पेशी बोलाउनु पर्‍यो। आइतबार भने सर्वोच्चले सुर्ती उद्योगको तर्फबाट दायर परफेक्ट व्लेन्ड्सले हालेको रिटलाई खारेज गर्दै अधिवक्ता कोइराला र एक्सन नेपालको तर्फबाट दायर रिटका पक्षमा परमादेश जारी गरेको छ।

न्यायाधीशद्धय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले परफेक्ट व्लेन्डसको तर्फबाट दायर रिट खारेज गर्दै कोईराला र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी गरेको हो।

यो आदेशपछि सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशका २०७१ लागू गर्न बाटो खुलेको छ।

यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनु पर्नेछ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले सुर्ती उद्योगीहरुको तर्फबाट दायर रिट बदर भएको र कोइराला तथा एक्सन नेपालको तर्फबाट दायर रिटमा परमादेश जारी भएको बताए। उनले सर्बोच्चको आदेशले निर्देशिका कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको बताए।

एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले सर्वोच्चले जन स्वास्थ्यको पक्षमा ऐतिहासिक फैसला गरेको बताए। उनले अब निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुनका लागि बाटो खुलेको बताए।

तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थका नियन्त्रण गर्न भन्दै विसं २०७१ मा निर्देशिका परिवर्तन गराएका थिए। परिवर्तित निर्देशिकामा ९० प्रतिशत भागमा चेतावनीमुलक चिंत्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था थियो। यो व्यवस्था राखेवापत त्यसबेला नेपालले १ लाख डलरको व्लुम्बर्ग अवार्ड समेत जितेको थियो।

Tags: #government of NepalAction NepalCorona Virus #Covid19Supreme court
Nisarga hospital Dhangadhi
Previous Post

राहत बाढ्दै डा.सैयद

Next Post

प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेशको नयाँ कार्यसमिति, अध्यक्षमा डा. श्रेष्ठ

Related articles

सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन
News

सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन

1 day ago
783
यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने
News

नर्भिक इन्टरनेसनल हस्पिटलमा नर्सिङको तलब बढ्यो

3 days ago
799
आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव
News

आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

5 days ago
790
भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने
News

भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने

6 days ago
814
निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
News

निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन

7 days ago
785
महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सुरु
News

महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सुरु

1 week ago
838
Next Post
प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेशको नयाँ कार्यसमिति, अध्यक्षमा डा. श्रेष्ठ

प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेशको नयाँ कार्यसमिति, अध्यक्षमा डा. श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,274)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.