Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जनस्वास्थ्यसम्बन्धी मुद्धामा सर्वोच्चले गर्‍यो आठ वर्षपछि फैसला

Nam Raj Bhatta by Nam Raj Bhatta
August 29, 2022
in News
Reading Time: 1 min read
A A
0
जनस्वास्थ्यसम्बन्धी मुद्धामा सर्वोच्चले गर्‍यो आठ वर्षपछि फैसला
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, १३ भाद्र २०७९

सर्वोच्च अदालतले झण्डै आठ वर्षअघि दायर भएको जनस्वास्थ्य सम्बन्धी रिटमा ऐतिहासिक फैसला गरेको छ।

सर्वोच्चको फैसलासँगै वार्षिक २७ हजार १३७ जना नेपालीले ज्यान गुमाउने प्रमुख कारक सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संसोधन गरेको थियो। तर सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीहरुले सो निर्देशिका खारेज नै गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटविरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए।

सो मुद्धाको विषयमा निर्णय लिनका लागि सर्वोच्चले ४० पटक पेशी बोलाउनु पर्‍यो। आइतबार भने सर्वोच्चले सुर्ती उद्योगको तर्फबाट दायर परफेक्ट व्लेन्ड्सले हालेको रिटलाई खारेज गर्दै अधिवक्ता कोइराला र एक्सन नेपालको तर्फबाट दायर रिटका पक्षमा परमादेश जारी गरेको छ।

न्यायाधीशद्धय कुमार रेग्मी र डा. मनोजकुमार शर्माको इजलासले परफेक्ट व्लेन्डसको तर्फबाट दायर रिट खारेज गर्दै कोईराला र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी गरेको हो।

यो आदेशपछि सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशका २०७१ लागू गर्न बाटो खुलेको छ।

यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनु पर्नेछ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले सुर्ती उद्योगीहरुको तर्फबाट दायर रिट बदर भएको र कोइराला तथा एक्सन नेपालको तर्फबाट दायर रिटमा परमादेश जारी भएको बताए। उनले सर्बोच्चको आदेशले निर्देशिका कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको बताए।

एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले सर्वोच्चले जन स्वास्थ्यको पक्षमा ऐतिहासिक फैसला गरेको बताए। उनले अब निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुनका लागि बाटो खुलेको बताए।

तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्तीजन्य पदार्थका नियन्त्रण गर्न भन्दै विसं २०७१ मा निर्देशिका परिवर्तन गराएका थिए। परिवर्तित निर्देशिकामा ९० प्रतिशत भागमा चेतावनीमुलक चिंत्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था थियो। यो व्यवस्था राखेवापत त्यसबेला नेपालले १ लाख डलरको व्लुम्बर्ग अवार्ड समेत जितेको थियो।

Tags: #government of NepalAction NepalCorona Virus #Covid19Supreme court
SummarizeShare253ScanTweet147

Related articles

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

by Nam Raj Bhatta
July 30, 2026
0

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। डा. प्याकुरेलले नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

by Nam Raj Bhatta
July 29, 2026
0

✍️ दिपेन्द्र कुमार मण्डल इबोला भाइरस रोग (Ebola Virus Disease-EVD) मानिसमा देखिने दुर्लभ तर अत्यन्त गम्भीर र प्रायः घातक संक्रामक रोग हो। यो रोग Filoviridae परिवार अन्तर्गत पर्ने...

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

by Nam Raj Bhatta
July 28, 2026
0

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले...

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    835 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    679 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    640 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण
  • न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.