ललितपुर, १७ श्रावण २०७८
स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीलाई बारबरा फाउन्डेशनले सम्मान गरेको छ ।
शनिबार सभागृहमा भएको कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादब ज्यूको प्रमुख आतिथ्यमा बारबरा फाउन्डेसनले कोभिड -१९ संक्रमणको समयमा अहोरात्र खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको थियो।
डा. रूपाखेतीलाई बारबरा फाउन्डेसन कोभिड १९ बिशिष्ट सम्मान प्रदान गरेको हो । अस्पतालका निर्देशक डा. रूपाखेतीले कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको महामारीको अवस्थामा स्वास्थ्य क्षेत्रमा परेको गहन जिम्मेवारीलाई वहन गरी आफ्नो स्वास्थ्य संस्थाका सिमित स्वास्थ्यकर्मी साथै अन्य स्रोतको उत्तम व्यवस्थापन गरी कोभिड-१९ का बिरामीको प्रतक्ष्य उपचार तथा संक्रमण रोकथामको लागि अस्पताललाई नमुना अस्पतालको रुपमा प्रस्तुत गरी उत्कृष्ट जिम्मेवारी वहन गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।