काठमाडौं, २३ चैत्र २०७७
वर्तमान अध्यक्ष डा. हिरा तुलाधरले आगामी कार्यकालका लागि नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)को अध्यक्षमा प्राडा. गणेश दंगाललाई जिम्मेवारी हस्तान्तरण गरेकी छन्।
नेसोगको १५औं अन्तराष्ट्रिय सम्मेलन कोभिड महामारीमा मातृ तथा शिशु स्वास्थ्य कायम राख्ने चुनौती शिर्षकमा २०७७ चैत्र २० र २१ मा स्वास्थ्यका मापदण्ड अपनाउँदै सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ स्त्री तथा प्रसुती रोग बिषेशज्ञ डा. सरस्वती एम पाध्येबाट कार्यक्रम स्थलमा पानसमा दियो बाली शुभारम्भ भयो ।
सम्मेलनमा सोधपत्रहरु प्रस्तुतिकरण र कार्यक्रममा सक्रिय सहभागी हुँदै बिभिन्न बिधाहरुमा भएका प्रस्तुतिकरणमा मेडलहरु प्रदान गरेको थियो।
कार्यक्रममा बरिष्ठ स्त्री तथा प्रसुती रोग बिषेशज्ञहरु डा. भोला रिजाल र डा. यमुना सुवाललाई कार्यक्रमको बिच लाइफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको र यस क्रममा ३५० जनाको अनलाईन सहभागिता हुँदै ८० वटा बैज्ञानिक सोधपत्रहरु, बिभिन्न सत्रहरु र १३ वटा पोस्टरहरु प्रस्तुत भएको डा. दंगालले बताउनुभएको छ।