ललितपुर, १४ चैत २०७८
ललितपुरको सातदोबाटो स्थित चापागाउँ दोबाटो भाटभटेनी अपोजिटमा १ करोड २० लाखको लगानीमा अन्तर्राष्ट्रिय स्तरको नेसनल स्किन केयर एण्ड आस्थेटिक सेन्टर खुलेको छ।
सोमबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले रिबन काटेर सेन्टरको शुरुवात गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. बिक्रान्त ढकाल, छाला तथा यौन सौन्दर्य रोग विशेषज्ञ डा. रुप्रेरणा जोशी, डा. रजनी अग्रवाल, सत्भिक हेल्थ केयर प्रालि म्यानेजिङ डाइरेक्टर विसु खाती र युवा व्यवसायी तथा व्युटिसियन रोजिना केसी लगायतहतुको उपस्थित रहेको सेन्टरका सञ्चालक सन्तोष बोकटीले जानकारी दिनुभयो।
सेन्टरले पोतो, डन्डिफोर, यौन रोग, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धि सम्पूर्ण रोग, कपाल सम्बन्धि सम्पूर्ण रोग, दाद, कत्लेरोग र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरुको सेवा दिने उदेश्यले खोलिएको सञ्चालक अशेस बोकटीले बताए।
त्यस्तैगरी चैत र बैशाख महिनाभरी उद्घाटनको अवसरमा ओपिडी तथा अन्य सेवाहरुमा २० प्रतिशत पनि छुटको व्यवस्था रहेको बोकटीले बताए।
उक्त सेन्टर बिहान ९ बजे देखि साँझ ७ बजे सम्म खुल्नेछ।