Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टर्मरीक गोल्ड बनाएर बेच्न वैद्दखानामा पुनः हाजीर भए डा. सवरी साह

Nam Raj Bhatta by Nam Raj Bhatta
July 30, 2022
in News
Reading Time: 1 min read
A A
0
टर्मरीक गोल्ड बनाएर बेच्न वैद्दखानामा पुनः हाजीर भए डा. सवरी साह
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ साउन २०७९

सिंहदरवार वैद्दखाना बिकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. सवरी साह साउन ११ गते पुनः हाजिर भएका छन्।

डा. सवरी साहले टर्मरीक गोल्ड बेच्नको लागि सिंहदरवार वैद्दखानाको लोगो राखेर औषधि बाहिर बेचेको पनि खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगायत अरु निकायले डा. साहले गरेको अनैतिक कार्यमा भने कुनै चासो नदेखाएको एक कर्मचारीले बताउनुभयो।

Turmeric gold
Turmeric gold

 

 IMG ab9e931104c02875ecc3aff55705142e V

निमित्त कार्यकारी निर्देशक डा. साहले वैद्दखानाका उत्पादन ठप्प पारी विकास समितिमा गरेका भ्रष्टाचार र कर्मचारीलाई महिनौंसम्म तलब नदिएर बैधखानानै खारेजी गर्नुपर्ने सम्मको अवस्थामा पुगेपछि केही समयअगाडि स्वास्थ्य मन्त्रालयले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो।

मन्त्रीस्तरीय निर्णयले डा. साह निमित्त कार्यकारी निर्देशकबाट हटेपछि पद बचाई पाउ भनि सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए। त्यसबेला अदालतलाई प्रभावमा पारी काममा फर्किएका भ्रष्ट साहले आफुले न्यायलय, स्वास्थ्य मन्त्रालय र राजनीतिक दलका शक्तिशालीहरुलाई खरिद गर्न सक्छु भन्ने अफवाह फैल्याउदै कर्मचारीहरुलाई घरेलु कामदारका रूपमा हेर्ने र त्यही अनुरुपको व्यवहार गर्दै आएका थिए । वैद्यखानाको उत्कृष्ट उत्पादनहरु बन्द गराएपछि आम उपभोक्ताको गुनासो बढ्दै गएपछि बैद्यखानाका कर्मचारीले महिनौ आन्दोलन गर्दै उनलाई पदबाट हटाउन तत्कालीन स्वास्थ्यमन्त्री विरुद्ध खतिवडा हुँदै उनको राजनीतिक दलका अध्यक्ष माधव नेपालसम्म साहलाई हटाउन दबाब दिएपछि उनलाई हटाइएको थियो।

पञ्चायतकाल सम्म बैद्यखानाबाट सयौँ प्रकारका औषधिहरू उत्पादन गरी घातक रोगका बिरामीहरुलाई समेत राहत दिएको वैद्दखानाले आयुर्वेदिक औषधि उत्पादनमा भारतीय औषधिहरुको तुलनामा अत्यन्तै नाम कमाएको थियो।

Singhdarbar Baidhyakhana

२०४६ सालको राजनीति परिवर्तनपछि बैधखानालाई विकास समितिमा परिवर्तन गरी राजनीतिक नियुक्तिको प्रावधान राखेपछि वैद्दखानाभित्र छिरेको राजनीतिकले बैद्यखानाका उत्पादन मात्र ध्वस्त बनाएर उत्पादन नै ठप्प भएका छन्। पछिल्लो समय डा. साहलाई राजनीतिक पहुँच र आर्थिक लेनदेनमा निमित्त कार्यकारी निर्देशक बनाइएपछि वैद्यखाना विकास समिति थला बसेको छ। निमित्त कार्यकारी बन्ना साथ उनले वैद्दखानालाई आफ्नो पैतृक सम्पत्ति जस्तै ठानेर त्यहाँका कर्मचारीहरुलाई कामै गर्न नदिइ उत्पादन नै ठप्प पारेका थिए।

त्यसपछि पनि हाले पुरानै शैलीमा आफु स्वास्थ्य मन्त्रालयअन्तर्गतको डन हुँ भन्दै गत असार १९ गते सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए। त्यसअगाडि असार १३ गते डा. श्यामबाबु यादवलाई निमित्त कार्यकारी निर्देशकको रुपमा मन्त्रीस्तरिय निर्णयले नियुक्त गरेको थियो। हटाइएका साह सर्वोच्च अदालत पुगेपछि गत असार २१ मा अन्तरिम आदेश जारी गराएपछि अर्को विवाद लम्बिएको थियो। मन्त्रालयले डा. साहलाई हाजिर गराउन अस्विकार गरेपछि गत साउन ९ गते अदालतको निर्णय अपहेलना विरुद्ध अर्को उजुरी दर्ता गरेर साउन ११ गते पुनः हाजीर भएका छन्। उनी वैद्यखानामा निमित्त कार्यकारी निर्देशकको रुपमा हाजिर भएपनि मन्त्रालयले भने डा. यादवलाई समेत निमित्त कार्यकारी निर्देशक मै कायम राखेपछि वैद्यखानामा झन् विवाद चर्कने अवस्था छ‌।

Dr. Sawari shah
Dr. Sawari shah

विगतदेखि भ्रष्टाचार र अनियमितताको विवादमा डा. साहलाई भष्ट राजनीतिक शक्तिले संरक्षण दिएका कारण सिंहदरबार वैद्यखानाको भविष्य झन् जोखिममा परेको कर्मचारीहरुले गुनासो गर्न थालेका छन्। डा. साह निमित्त कार्यकारी रहेका बेला चार महिनासम्म कर्मचारीलाई तलब नदिएर घरेलु कामदारको व्यवहार देखाएका साहका बिरुद्ध आन्दोलित कर्मचारीहरुलाई डा. यादव आउनासाथ तलब खुवाई साहले ठप्प पारेका उत्पादन सुचारु गर्ने तयारी गरेर कर्मचारी कर्मचारीलाई काममा फर्काई बैद्यखानालाई पुनर्जीवन दिने पर्यत्न भइरहेका बेला डा. साहलाई अदालतले फर्काएपछि बैद्यखाना डुबाउने अर्को षड्यन्त्र भएको त्यहाँका कर्मचारीहरु बताउँछन्।

मुलुककै सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादक र वितरक संस्था सिंहदरबार वैद्दखानालाई पछिल्लो समयमा धोस्त बनाउँदै गएका छन्।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sawari shahDr. Shyam babu yadavSinghdarbar Baidhyakhana
SummarizeShare236ScanTweet147

Related articles

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

by Nam Raj Bhatta
June 2, 2026
0

‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। चितवन रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद...

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

by Nam Raj Bhatta
June 2, 2026
0

कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ। सम्झौता पत्रमा जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन हुने बताइएको हो। जन्मजात...

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

by Nam Raj Bhatta
May 30, 2026
0

नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले...

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    781 shares
    Share 312 Tweet 195
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    679 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने
  • मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital
  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.