बैतडी ,१९ भाद्र २०७७
सुदुरपश्चिम प्रदेशको सिगास गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुखलाई गैर कानुनी अनुसार जिम्मेवारी दिइएको छ। संघीयतासँग देशमा तीन तहको सरकार संचालनमा छन। स्थानीय तहको चुनाब प्रश्चात कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न सेवाका कर्मचारीहरुको समायोजन भई स्थानीय तहमा आएका हुन्।
सिगास गाउँपालिकामा पनि समयोजन भई आएका स्वास्थ्य सेवाका कर्मचारीहरूको पदस्थापनामा समायोजन ऐन विपरीत र स्वास्थ्य संस्थाको दरबन्दी नियमविपरित कर्मचारीलाई पदस्थापना गरिएको छ। कर्मचारी समायोजन ऐन अनुसार जेष्ठता आधारमा स्वास्थ्य शाखा प्रमुख तोक्ने अधिकार स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई दिएपछि अध्यक्षले आफू निर्भर मान्छे प्रक्रियामा नपरेपनि जिम्मेवारी दिन बिना जानकारी कामकाज गरिरहेको बेला कर्मचारीलाई राजीनामा गराई आफूखुसी यसपालिका अन्तर्गतका कनिष्ट कर्मचारीलाई जिम्मेवारी दिएका छन्।
यो सँगै कर्मचारी प्रतिको राजनीतिक हस्तक्षेप र कोभिड-१९को बिचमा यस्तो गैरकानुनी निर्णय गर्नु आफैंमा सिगास गाउँपालिकाको लागि दुःखपूर्ण र गैर जिम्मेवारी छ। तसर्थ गैरकानुनी कदम र अधिकारको गलत प्रयोगमा सरोकारवाला सबैको ध्यान जानु जरुरी रहेको सिगास गाउँपालिकाका एकजना कर्मचारीले बताए।