कैलाली, ०१ श्रावण २०८०
सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सौभाग्य हस्पिटल तथा रिसर्च सेन्टर प्रालिको मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिकरुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले धनगढीमा जोखिम मोलेर अस्पताल खोलेकोमा सञ्चालकहरुलाई धन्यवाद दिनुभयो । मन्त्री शाहले नीजि क्षेत्रका अस्पताल सँग समेत स्वास्थ्य क्षेत्रको सुधारका लागि हातेमालो गरेर जान आफूहरु तयार रहेको बताउनुभयो ।
शनिबार भएको सो उद्घाटनमा अस्पतालका अध्यक्ष दिनेश राज जोशीले अहिलेसम्म यो अस्पताल निर्माण गर्नमा १२ करोड खर्च भइसकेको बताउनुभयो । विपन्नलाई प्राथमिकता राखेर न्युन दररेटमा सहजरुपमा सेवा दिने उद्धेश्यले अस्पताल सञ्चालन गरिएको अध्यक्ष जोशीले बताए । जोशीका अनुसार ३५ जना शेयर सदस्य रहेको सो अस्पतालमा पूर्णकालिन र आंशिक गरेर १८ जना डाक्टरहरु कार्यरत छन् ।
जोशीले आफूहरुसित धनगढीमै सबैभन्दा ठूलो १५ बेडको आइसियू रहेको पनि बताए । सो अस्पतालमा १० बेडको एनएसयू र दुई वेडको भेन्टिलेटर रहेको छ ।
उद्घाटन समारोहमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा, माओवादी केन्द्रीय सदस्य ओमप्रकाश पुन, बुढीगंगा नगरपालिकाका निवर्तमान मेयर दीपक शाह र योगगुरु कुलबहादुर हमाल लगायतको उपस्थिति रहेको थियो।