सुर्खेत,२१ असोज २०७७
कर्णालीका नेत्र रोग विशेषज्ञ डा. शक्ति प्रसाद सुवेदी ‘आई हेल्थ हिरो अवार्ड’ २०२० बाट पुरस्कृत भएका छन् । आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्वको मुख्य संस्था ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले कर्णालीका गरिव, विपन्न एवं असहायको आँखा स्वास्थ्यमा पुर्याएको योगदान वापत नेत्र रोग विशेषज्ञ डाक्टर सुवेदीलाई आई हेल्थ हिरो अवार्डबाट सम्मान गरेको हो । ईन्टर नेशनल एजेन्सी फर प्रिभेन्सन अफ व्लाइन्डनेस व्रिटेनले उनलाई फ्युच्र लिडर विद्यामा सोमबार एक भर्चुअल कार्यक्रम वीच आई हेल्थ हिरो अवार्डले सम्मान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा.सुवेदी विगत तीन वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा दृष्टि विहिनता घटाउने अभियानमा जुटेका छन् । उनले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गरेसँगै कर्णालीमा आँखा स्वास्थ्यका क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको बताए ।
उनका अनुसार अहिले पनि कर्णालीमा अन्य प्रदेशको तुलनामा अन्धोपनको समस्या बढी रहेको छ । उनले प्रदेशमा अहिलेपनि दुष्टि विहिनता घटाउने अभियान उत्तिकै चुनौतीपूर्ण रहेकाले साझेदार निकायहरु, प्रदेश तथा केन्द्र सरकारको सहयोग समेत अपरिहार्य रहेको औल्याए । अन्धोपन निवारण अभियानमा साझेदार संस्था एवं कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समेत सहयोगले ‘आई हेल्थ हिरो अवार्ड’ प्राप्त गर्न सहयोग मिलेको उनको भनाइ थियो ।
Comments 1