धनगढी चैत १८, २०७६
सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना सन्क्रमित चौथो ब्यक्तिको अवस्था समान्य हुँदै गइरहेको छ। कोरोना सन्क्रमित बिरामी समान्य भएपछि समय- समयमा फोन तथा एक मिटर नजिकबाट उहाँको अवस्थाको बारेमा निगरानी भइरहेको अस्पतालका प्रवक्ता एवं इमर्जेन्सी बिभागका प्रमुख डा.जगदीश जोशीले बताए। प्रवक्ता डा.जोशीका अनुसार चैत १३ गते कोरोना संक्रमणमा पोजेटिभ भेटिएसङ्गै उहाँलाई छुट्टै आसियूमा राखिएको थियो। एक दुई हप्ता पछि पुनः अर्को परिक्षणको गरिने बताउनु भयो।
सुरुमा पहिलो पटक सन्क्रमित ब्यक्ति भएकोले उहाँ नजिक जान र खनेकुरा पनि नपाएको बिरामि आफैं हतोत्साहित भएर भनेका थिए ।अहिले अस्पतालमा राम्रोसँग उत्कृष्ट काम भइरहेको छ व्यबस्थापन पनि राम्रो रहेको डा.जोशीले बताए।
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी लगायत २६ जना आइसोलेसनमा राखिएको थियो। जसमध्ये १ जनामा पोजेटिभ भेटिएको हो। अरु २० जनाको भने नेगेटिभ आएको छ। अब ५ जनाको रिपोर्ट आउन बाकी छ जसमध्ये ३ जना स्वास्थ्यकर्मी र २ जना सर्वसाधारण रहेका डा.जोशीले जानकारी दिनुभएको छ।