धनगढी, २ असोज २०८०
सेती प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले डा. कमरलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो । वरिष्ठ फिजिसियन डा. कमर सेती अस्पतालमा लामो समयदेखि राम्रो काम गर्दै आएका छन।
यसअघिका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेलाई प्रदेश सरकारले महाकाली प्रादेशिक अस्पताल सरुवा गरेको छ।