धनगढी, ८ असोज २०७९
सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरविन द्वारा पाठेघरको शल्यक्रिया भएको छ।
त्रिवि शिक्षण अस्पताल काठमाडौंका प्राडा. पदम राज पन्त र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका सह प्राध्यापक डा. श्रीप्रसाद अधिकारीको नेतृत्वमा उक्त शल्यक्रिया सफल भएको हो।
सुदुरपश्चिम प्रदेशका गाइनो चिकित्सकहरुको एक दिने कार्यशाला गोष्ठी पनि धनगढीमा सम्पन्न भएको छ। यस कार्यशाला गोष्ठीबाट देशका विभिन्न दुर्गम क्षेत्रमा कार्यरत रहनु भएका गाइनोक्लोजिष्ट चिकित्सकहरुले क्षमता बिकास गर्ने र दुर दराजमा भएका बिरामीहरुले यसबाट गुणस्तरीय सेवा पाउने लक्ष्य राखेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेम राज पाण्डेले जानकारी दिनुभयो।
कार्यक्रमका संयोजक वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. खगेन्द्र भट्टले स्वागत मन्तव्य राख्दै यस कार्यक्रम बाट चिकित्सकहरुको हौसला बढ्ने र सिप विकास हुने बताए।
अस्पतालमा प्रत्यक्ष सर्जिकल वकसपमा डा. गणेश बहादुर सिंह, डा. जगदिश बिष्ट लगायतका विभिन्न जिल्लाहरुबाट गाइनोक्लोजिष्टहरुको उत्साहजनक सहभागिता रहेको थियो। यस दुरविन द्वारा गरिने पाठेघरको शल्यक्रियाबाट बिरामीलाई दुखाई कम हुने, लामो अस्पताल बस्न नपर्ने, ठुलो घाउ नहुने, अहिलेको अवस्थामा निकै लोकप्रिय रहेको र यसका लागि क्षमता बिकास गर्नुपर्ने, उपकरणको व्यवस्था गर्नुपर्ने डा. अधिकारीले बताउनुभयो।
यो अप्रेस सीपयुक्त भएको चिकित्सकले मात्र गर्न सकिने हुन्छ र उपकरणहरु महंगो भएपनि निकै उपयोगी हुने डा. अधिकारीले बताए।