धनगढी, १५ वैशाख २०७८
सेती प्रादेशिक अस्पतालमा बिहिबार देखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै बिहिवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
भोलिदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयले सुचना मार्फत जानकारी गराएका छन्।
कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि इमरजेन्सीबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोले बिहीवारदेखी सेवा बन्द हुने भएका छन्।
कोरोनाको संक्रमण बढ्दै गएको हुँदा कैलालीमा १६ गतेबाट एक हप्ता सम्मका लागि निषेद्याज्ञा पनि जारी गरिएको छ ।
केहि आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।