धनगढी , १४ जेठ
सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनी हिजोमात्रै भारतबाट फर्किएपछि आईसोलेसनमा भर्ना भएका थिए। आज विहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भईरहेको बताइएकाे छ।